आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • क्वारेन्टिनको सुरक्षामा खटिएका दुई सैनिकलाई कोरोना संक्रमण

क्वारेन्टिनको सुरक्षामा खटिएका दुई सैनिकलाई कोरोना संक्रमण

काठमाडौं– बारामा क्वारेन्टिनको सुरक्षामा खटिएका दुई सैनिकमा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  मंगलबार, जेठ १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १३, २०७७

काठमाडौं– बारामा क्वारेन्टिनको सुरक्षामा खटिएका दुई सैनिकमा कोरोना संक्रमण पुष्टि भएको छ।

पचरौता नगरपालिकाको क्वारेन्टाइनको सुरक्षामा खटिएका दुई सैनिकसहित पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले क्वारेन्टिनमा रहेका तीन जना र सुरक्षामा खटिएका दुई सैनिकमा कोरोना पुष्टि भएको खबर आएको बताए। संक्रमितहरुलाई अस्पताल लैजाने तयारी भइरहेको उनले जानकारी दिए।

यससँगै बारामा कूल संक्रमितको संख्या ४१ पुगेको पुगेको छ। एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ भने दुई जना उपचारपछि निको भएर घर फर्किएका छन्।

 

प्रकाशित: May 26, 2020| 12:18 मंगलबार, जेठ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।