आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देशैभरका पत्रकारलाई सुरक्षा सामग्रीको व्यवस्था गर्न देउवाको माग

देशैभरका पत्रकारलाई सुरक्षा सामग्रीको व्यवस्था गर्न देउवाको माग

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशैभरका पत्रकारहरूलाई कोरोना संक्रमणको जोखिमबाट बच्न सुरक्षा सामग्रीको व्यवस्था गर्न माग गरेका छन्।
 |  मंगलबार, जेठ १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १३, २०७७

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशैभरका पत्रकारहरूलाई कोरोना संक्रमणको जोखिमबाट बच्न सुरक्षा सामग्रीको व्यवस्था गर्न माग गरेका छन्।

नेपाल प्रेस युनियनले स्थापना दिवसमा गरेको कार्यक्रममा सभापति देउवाले कोरोना महामारीमा रिपोर्टिङमा खटिएका पत्रकार जोखिममा रहेको भन्दै देउवाले पत्रकारका लागि सुरक्षा सामग्री व्यवस्थापन सरकारको ध्यानाकर्षण गरेका छन्।

‘कोरोना जोखिमका बेला पत्रकारिता काम सजिलो छैन, देशभरका पत्रकारका लागि स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराउनु सरकारको कर्तव्य हो,’ सभापति देउवाले भने,‘केही ठाउँमा पत्रकारलाई कोरोना संक्रमण देखिँदा पनि सरकार गम्भीर देखिएन।’

यस्तै देउवाले देशभरका पत्रकारको निःशुल्क कोरोना परीक्षण गरेर पत्रकारिता क्षेत्रलाई सुरक्षित गर्न समेत सरकारको ध्यानाकर्षण गराए।

लकडाउनका कारणले श्रमजिवी पत्रकारहरू बेरोजगार रहेको भन्दै उनले विज्ञापन व्यवसायमा असर पर्दा मिडिया हाउसहरू संकटमा परेकोले पत्रकार र मिडिया हाउसलाई राहत योजना ल्याउन पनि सरकारसँग माग गरे।

सरकारले गरेको भ्रष्टाचारको बारेमा समाचार लेख्दा प्रधा नमन्त्रीले उल्टै पत्रकारमाथि अस्थिरता निम्त्याउन खोजेको आरोप लगाएको औँल्याउदै देउवाले निडर भएर कलम चलाउन आग्रहसमेत गरे। ‘निडर भएर कलम चलाउनुस्, मेरो सदैव तपाईंहरुलाई साथ छ,’ देउवाले भने।

प्रकाशित: May 26, 2020| 12:10 मंगलबार, जेठ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।