आइतबार, भदौ ७, २०८३

गुल्मीमा गाउँपालिका अध्यक्षलाई कोरोना संक्रमण

यसअघि गुल्मीका एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ भने कुल संक्रमितको संख्या चार पुगेको छ।
 |  मंगलबार, जेठ १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १३, २०७७

गुल्मीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएका एक जना गाउँपालिका अध्यक्ष रहेको खुलेको छ।

नयाँ संक्रमितमध्ये एक जना गाउँपालिका अध्यक्ष तथा एक जना भारतबाट आएको व्यक्ति रहेको खुलेको हो।

गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले संक्रमति मध्ये एक जना गाउँपालिका अध्यक्ष रहेको जानकारी दिए। संक्रमण देखिएपछि क्वाटरमै आइसोलेसनमा बस्ने कि जिल्ला अस्पताल ल्याउने भन्ने बारेमा छलफल भैरहेको शर्माले बताए।

गाउँपालिका अध्यक्षमा संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको शर्माले जानकारी दिए।

‘अध्यक्षज्यू यसअघि संक्रमण पुष्टि भएकाहरु भन्दा टाढाको हुनुहुन्छ। कसरी संक्रमित हुनुभयो थाहा छैन,’ प्रजिअ शर्माले भने, ‘बैठकहरुमा सहभागी हुने भएकाले हामीले धेरैको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने भयो।’

यसअघि गुल्मीका एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ भने कुल संक्रमितको संख्या चार पुगेको छ।

प्रकाशित: May 26, 2020| 11:46 मंगलबार, जेठ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।