आइतबार, भदौ ७, २०८३

ज्वरो आएपछि आइसोलेसनमा रहेकी गर्भवतीको मत्यु

सप्तरीमा होम आइसोलेसनमा रहेकी एक गर्भवतीको मृत्यु भएको छ। उनलाई सोमबार रातिबाट ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या देखिएको थियो ।
 |  मंगलबार, जेठ १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १३, २०७७

सप्तरीमा होम आइसोलेसनमा रहेकी एक गर्भवतीको मृत्यु भएको छ।

कञ्चनरुप नगरपालिका ११ की २४ वर्षीया गर्भवतीको मंगलबार बिहान साढे ६ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए।

गर्भवती महिलालाई सोमबार रातिबाट ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

यादवकाअनुसार एक हप्ता अगाडि नै महिलालाई ज्वरो आएको थियो । ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि जेठ ८ गते राजविरास्थित एक क्लिनकमा उपचारका लागि लगिएको थियो।

क्लिनिकमा उनलाई पिसाबको संक्रमण भएको भन्दै चिकित्सकले औषधि दिएर होम आइसोलेसनमा बस्न सल्लाह दिएका थिए।

कोरोना संक्रमणसँग मिल्ने लक्षण देखिएकाले उनको स्वाब लिने तयारी भइरहेको यादवले जानकारी दिए।

२ सन्तानकी आमा ती महिला तेश्रो पटक गर्भवती भएकी थिइन्।

प्रकाशित: May 26, 2020| 10:17 मंगलबार, जेठ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।