काठमाडौं- महामारीको रुप लिएको कोरोना भाइरसबाट ५४ लाख ९३ हजार बढि ब्यक्ति संक्रमित भएका छन् ।
२ सय १३ देशमा फैलिएको कोरोनाबाट ३ लाख ४६ हजार २ सय ९ जनाको मृत्यु भएको छ । संक्रमित र मृतक सबैभन्दा बढि अमेरिकामा छन् ।
जहाँ मंगलबार बिहानसम्ममा १६ लाख ६२ हजार ४ सय १८ जना संक्रमित भएका छन् भने ९८ हजार २ सय १८ जनाको मृत्यु भएको छ ।
ब्राजिलमा ३ लाख ७४ हजार ८ सय ९८ जना संक्रमित भएका छन् भने २३ हजार ४ सय ७३ जनाको मृत्यु भएको छ । रुसमा ३ लाख ५३ हजार ४ सय २७ संक्रमित भएका छन् भने ३ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ ।
बेलायतमा २ लाख ६२ हजार ५ सय ४७ जनामा संक्रमण पुष्टि भएको छ भने ३६ हजार ९ सय ९६ जनाको मृत्यु भएको छ । स्पेनमा २ लाख ३५ हजार ४ सय संक्रमित भएका छन् भने २६ हजार ८ सय ३४ जनाको मृत्यु भएको छ ।
यस्तै इटालीमा २ लाख ३० हजार १ सय ५८ जना संक्रमित हुँदा ३२ हजार ८ सय ७७ जनाको मृत्यु भएको छ । फ्रान्समा १ लाख ८३ हजार ६७ जनामा संक्रमण पुष्टि भएको छ भने २८ हजार ४ सय ६० जनाको मृत्यु भएको छ।
छिमेकी मुलुक भारतमा १ लाख ४४ हजार ९ सय ५० जना संक्रमित भएका छन् भने ४ हजार १ सय ७२ जनाको मृत्यु भएको छ । नेपालमा भने हालसम्म ६ सय ८२ जना संक्रमित भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।