आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाबाट करिब ५५ लाख संक्रमित, अमेरिकामा भन्दा ब्राजिलमा मृत्युदर बढी

कोरोनाबाट करिब ५५ लाख संक्रमित, अमेरिकामा भन्दा ब्राजिलमा मृत्युदर बढी

सोमबार कोरोनाबाट ज्यान गुमाउने संख्या सबैभन्दा धेरै ब्राजिलमा रहेको छ। अमेरिकालाई समेत पछि पार्दै ब्राजिलमा पछिल्लो २४ घण्टामा ८ सय ६ जनाको मृत्यु भएको छ ।
 |  मंगलबार, जेठ १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १३, २०७७

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट करिब ५५ लाख ब्यक्ति संक्रमित भएका छन् ।

जोन हपकिन्स विश्वविद्यालयका अनुसार २ सय १३ देशमा फैलिएको कोरोना भाइरसबाट मंगलबार बिहानसम्ममा ५४ लाख ९३ हजार ४ सय ८२ जना संक्रमित भएका छन् । ३ लाख ४६ हजार २ सय ९ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ९० हजार १ सय २८ जना नयाँ संक्रमित थपिएका छन् भने ३ हजार ९६ जनाको मृत्यु भएको छ । सोमबार कोरोनाबाट ज्यान गुमाउने संख्या सबैभन्दा धेरै ब्राजिलमा रहेको छ।

अमेरिकालाई समेत पछि पार्दै ब्राजिलमा पछिल्लो २४ घण्टामा ८ सय ६ जनाको मृत्यु भएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा ५ सय ५ जनाको मृत्यु भएको छ । आइतबार पनि अमेरिकामा ६१७ जनाको मृत्यु भएको थियो भने ब्राजिलमा ७०३ जनाको मृत्यु भएको थियो ।

अमेरिकामा करीब दुई महिनापछि आइतबारदेखि मृत्यु हुनेको संख्या हजारभन्दा तल झरेको हो । त्यहाँ पहिलोपटक ३१ मार्चमा मृतकको संख्या हजार नाघ्दै एक हजार ८४ पुगेको थियो । त्यसबीचमा एक दिन १० मेमा मात्र हजारभन्दा तल ७५० जनाको मृत्यु भएको थियो ।

कोरोनाबाट हुने मृत्युदर घट्दै गएसँगै आइतबार जम्मा ६ वटा देशमा मात्रै एक सय भन्दा बढि ब्यक्तिको मृत्यु भएको छ ।

ब्राजिलमा ८ सय ६, अमेरिकामा, ५ सय ५, मेक्सिकोमा २ सय १५, भारतमा १ सय ४८, बेलायत १ सय २१ र क्यानडामा १ सय २१ जनाको मृत्यु भएको छ ।

प्रकाशित: May 26, 2020| 08:08 मंगलबार, जेठ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।