आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुर्खेतमा थप १२ जनामा कोरोना संक्रमण, कर्णालीमा कुल संख्या २३ पुग्यो

सुर्खेतमा थप १२ जनामा कोरोना संक्रमण, कर्णालीमा कुल संख्या २३ पुग्यो

सुर्खेतमा थप १२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
 |  मंगलबार, जेठ १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १३, २०७७

सुर्खेतमा थप १२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार साँझ पीसीआर परीक्षण गर्दा १२ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको कर्णाली प्रदेशको सामाजिका विकास मन्त्रालयका कोरोना फोकलप्रशन डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

प्रादेशिक प्रयोगशालाले सोमबारदेखि सुर्खेतमै गरिएको पीसीआर परीक्षणलाई नै अन्तिम रिपोर्ट मान्ने अनुमति भएको छ । यसअघि सुर्खेतमा कोरोना पोजेटिभ आएपछि पुनः परीक्षणका लागि नमूना लागि नेपालगञ्ज पठाएरमात्रै अन्तिम रिपोर्ट सार्वजनिक गर्ने गरिएको थियो ।

योसँगै सुर्खेतमा १५ र दैलेखमा ८ जना कोरोना संक्रमित पुग्दा कर्णाली प्रदेशभर कोरोना संक्रमित हुनेको संख्या २३ पुगेको छ।

प्रकाशित: May 26, 2020| 07:45 मंगलबार, जेठ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।