आइतबार, भदौ ७, २०८३

नोटमा केरमेट नगर्न केन्द्रीय बैंकको आग्रह

नेपाल राष्ट्र बैंकले सफा नोट नीतिका विषयमा थप स्पष्ट पारेको छ । बैंकले विज्ञप्तिमार्फत बैंक तथा वित्तीय संस्थाले सफा नोटका सम्बन्धमा आएका गुनासालाई समाधान गर्न थप प्रष्ट पारेको हो ।
 |  मंगलबार, जेठ १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १३, २०७७

नेपाल राष्ट्र बैंकले सफा नोट नीतिका विषयमा थप स्पष्ट पारेको छ । बैंकले विज्ञप्तिमार्फत बैंक तथा वित्तीय संस्थाले सफा नोटका सम्बन्धमा आएका गुनासालाई समाधान गर्न थप प्रष्ट पारेको हो ।

केन्द्रीय बैंकले आफ्नो संस्थामा प्राप्त हुन आएका नोटलाई एटिएम लगायतका मेशिनको माध्यमबाट चलनचल्तीमा पठाउन योग्य नोट काउण्टरबाट भुक्तानी गरी चलनचल्तीमा पठाउन योग्य र चलनचल्तीमा पठाउन अयोग्य गरी तीन वर्गमा छुट्याउनुपर्ने गरी व्यवस्था गरिएको जनाएको छ ।

केन्द्रीय बैंकले सफा नोट नीति २०७३ मा संशोधन गरी चलनचल्तीमा जाने नोटका सम्बन्धमा थप व्यवस्था गरेको स्पष्ट पार्दै संशोधनको प्रमुख उद्देश्य सर्वसाधारणमा सफा नोटको प्रयोगलाई प्रोत्साहित गर्ने रहेको जनाएको छ ।

कोभिड–१९ महामारीका कारण नोट छपाइ तथा ढुवानीमा भैरहेको असहजतालाई दृष्टिगत गरी प्रयोगमा ल्याउन सकिने अवस्थामा रहेका ठूलो सङ्ख्याका नोटलाई जलानमा नलगी पुनः बजारमा लैजान सहयोग पुर्याउनु नै रहेको बैंकले थप प्रष्ट पारेको छ । सफा नोट नीतिमा गरिएको संशोधनले चलनचल्तीमा जान अयोग्य नोटका बारेमा रहेको साविकको व्यवस्थालाई थप प्रष्ट मात्र पारेको र यस व्यवस्थाले सर्वसाधारणलाई कुनै असुविधा नहुने बैंकका प्रवक्ता डा गुणाकर भट्टले जानकारी दिए।

बैंक तथा वित्तीय संस्थाको मुद्रा व्यवस्थापनलाई प्रभावकारी बनाउन मद्दत पुर्याउने, सफा नोटको प्रयोगलाई वढावा दिने र यी संस्थाहरुले एटिएम मेशिनमा राख्न मिल्ने नोटलाई हरियो रङ्गको फरक स्लिप लगाउनुपर्ने नयाँ व्यवस्था गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले एटिएमलगायतका मेशिनको माध्यमबाट चलनचल्तीमा पठाउन योग्य नोटको प्याकेटमा हरियो रङ्गको स्लिप प्रयोग गर्नुपर्ने, काउण्टरबाट भुक्तानी गरी चलनचल्तीमा पठाउन योग्य नोटको प्याकेटमा सेतो रङ्गका स्लिप प्रयोग गर्नुपर्ने नयाँ व्यवस्था गरेको छ ।

चलनचल्तीमा पठाउन अयोग्य नोटको प्याकेटमा रातो रङ्गको स्लिप प्रयोग गर्नुपर्ने र नोटमा स्टिचको प्रयोग नगर्न भनिएको छ । त्यसमा आवश्यकतानुसार रबर÷प्लाष्टिक जस्ता सामग्री प्रयोग गर्न तथा नोटमा नलेख्ने, केरमेट नगर्ने र हिफाजत गर्ने÷गराउने व्यवस्था मिलाउनुपर्ने नयाँ व्यवस्था गरिएको छ ।

त्यस्तै झुत्रिएको, मक्किएको, जलेको, गलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेको, छपाइ बिग्रेको नोट नचलाउने भनिएको छ ।
रासस

प्रकाशित: May 26, 2020| 07:29 मंगलबार, जेठ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।