आइतबार, भदौ ७, २०८३

दुई दिनमै २९ जना कोरोना संक्रमित घर फिर्ता

प्रदेश नं–२ बाट दुई दिनमा २९ जना कोरोना सङ्क्रमित निको भइ घर फर्केका छन् ।
 |  मंगलबार, जेठ १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १३, २०७७

प्रदेश नं–२ बाट दुई दिनमा २९ जना कोरोना सङ्क्रमित निको भइ घर फर्केका छन् ।

वीरगञ्जस्थित नारायणी अस्पतालबाट स्वस्थ भएर जेठ १० गते नौ र ११ गते १८ जना घर फर्केको सामाजिक विकास मन्त्रालयका सचिव डा।रामप्रसाद घिमिरेले सोमबार पत्रकार सम्मेलनमा जानकारी गराए।

यस प्रदेशअन्तर्गत वीरगञ्ज अस्पतालमा दुई महिलासहित ४४, गण्डक अस्पतालको आइसोलेशन कक्षमा ६ महिलासहित २७, प्रादेशिक अस्पताल जनकपुरमा दुई महिलासहित २४, रौतहटको गौरी नर्सिङ क्याम्पसको आइसोलेशनमा एक महिलासहित १८ जनाको उपचार भइरहेको छ ।

सर्लाहीको अल्पमाई रामनारायण यादव नर्सिङ क्याम्पसको आइसोलेशनमा १२ ,बाराको कलैया अस्पतालमा एक महिलासहित १३, सप्तरीको गजेन्द्रनारायण अस्पतालमा चार र सिरहाको महेन्द्र गेनाई अस्पतालमा एक जनाको उपचार भइरहेको छ ।

यसैबीच, सोमबार थपिएका ५५ जना कोरोना सङ्क्रमितको स्वास्थ्यको अवस्था सामान्य रहेको छ । उनीहरुलाई सम्बन्धित स्थलबाट पायक पर्ने कोभिड अस्पतालमा राख्ने व्यवस्था मिलाउने काम भइरहेको सचिव डा।घिमिरेले जानकारी गराए।
रासस

प्रकाशित: May 26, 2020| 07:23 मंगलबार, जेठ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।