आइतबार, भदौ ७, २०८३

झापामा हात्तीको आक्रमणबाट भारतीय युवकको मृत्यु

दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका–२ लालमाटीमा जङ्गली हात्ती लखेट्न आएका एक भारतीय युवकको हात्तीको आक्रमणमा सोमबार मृत्यु भएको छ ।
 |  मंगलबार, जेठ १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १३, २०७७

झापा- दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका–२ लालमाटीमा जङ्गली हात्ती लखेट्न आएका एक भारतीय युवकको हात्तीको आक्रमणमा सोमबार मृत्यु भएको छ ।

डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेका अनुसार सोमबार बच्चासहित आएको माउ हात्तीको आक्रमणमा परी भारतको सिङ्गीमारी–६ का २५ वर्षीय साइलो मुर्मुको घटनास्थलमै मृत्यु भएको हो ।

मोरङतिरबाट आएको हात्तीलाई नेपाली र भारतीय नागरिकले मिलेर धपाउने प्रयास गर्दागर्दै हात्तीले एक्कासी भारतीय युवकलाई झम्टेको थियो ।

हात्ती खेद्न सीमा नाघेर आएका ती भारतीय युवकको शव दशगजाको मकैबारीमा भेटिएको छ । घटनाको खबर पाएलगत्तै कोरोबारी प्रहरी चौकीबाट थप सुरक्षाकर्मी घटनास्थलमा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

गत साता कचनकबलमा जङ्गलमा निगुरो टिप्न जाँदा हात्तीको आक्रमणमा परी एक वृद्धको मृत्यु भएको थियो । रासस

प्रकाशित: May 26, 2020| 07:14 मंगलबार, जेठ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।