आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मलेरियाको औषधि कोरोनाका बिरामीमा प्रयोग गर्न डब्लुएचओद्वारा रोक

मलेरियाको औषधि कोरोनाका बिरामीमा प्रयोग गर्न डब्लुएचओद्वारा रोक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त औषधि प्रयोगका लागि लगातार प्रोत्साहित गरिरहेका छन्। उनी आफैंले समेत सो औषधि सेवन गरेको बताएका थिए।
 |  मंगलबार, जेठ १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १३, २०७७

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसका बिरामीका लागि जारी गरेको हाइड्रोक्सिक्लोरोक्विन तथा क्लोरोक्विनको क्लिनिकल ट्रायलमा रोक लगाएको छ।

डब्लुएचओका निर्देशक डा. टेड्रोस एडहनम गिब्रियेसुसले उक्त औषधिको सुरक्षित प्रयोगबारे डेटा सेफ्टी मनिटरिङ बोर्डले अध्ययन गर्ने बताएका छन्। साथै यस औषधिको विश्वभर भइरहेको प्रयोगको बारेमा पनि व्यापक विश्लेषण गर्ने उनले बताएका छन्।

सामान्यतया हाइड्रोक्सिक्लोरोक्विन तथा क्लोरोक्विनको प्रयोग मलेरिया तथा लुपस जस्ता अटोइम्युन बिरामीका लागि प्रयोग गरिन्छ। यी औषधि कोरोनाका बिरामीलाई दिइन थालेपछि विज्ञहरुले चिन्ता व्यक्त गरेका थिए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त औषधि प्रयोगका लागि लगातार प्रोत्साहित गरिरहेका छन्। उनी आफैंले समेत सो औषधि सेवन गरेको बताएका थिए।

 

प्रकाशित: May 26, 2020| 06:59 मंगलबार, जेठ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।