आइतबार, भदौ ७, २०८३

रुकुमपश्चिममा बेपत्ता तेस्रो युवकको शव भेटियो

चौरजहारी नगरपालिका ८ सोतीमा शनिबार बेलुका भएको घटनामा बेपत्ता भनिएका जाजरकोटको भेरी नगरपालिका ४ का अन्दाजी २१ वर्षीय गणेश बुढाको शव भेटिएको परिवारजनले बताएका छन्।
 |  सोमबार, जेठ १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १२, २०७७

रुकुमपश्चिम- चौरजहारी नगरपालिका ८ सोतीमा शनिबार बेलुका भएको घटनामा बेपत्ता भनिएका जाजरकोटको भेरी नगरपालिका ४ का अन्दाजी २१ वर्षीय गणेश बुढाको शव भेटिएको परिवारजनले बताएका छन्।

यससँगै यस घटनामा संलग्न तीन जनाको शव फेला परेको हो।

घटनास्थलबाट २५ किलोमिटर तल भेरी नगरपालिका १२ मा रहेको खोदा खोला नजिक भेरी नदीको किनारामा शव फेला परेको प्रहरीले जनाएको छ। त्यही ठाउँमा आइतबार बेलुका चौरजहारी नगरपालिका १ का २० वर्षीय टिकाराम विकको शव भेटिएको थियो।

त्यसअघि घटनाकै दिन शनिबार राति नै जाजरकोट भेरी नगरपालिका ४ का २१ वर्षीय नवराज विकको शव भेरी नदीमै फेला परेको थियो। तीनवटै शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल जाजरकोट लगिएको मृतकका आफन्तले जनाएका छन्।

चौरजहारी नगरपालिका वडा नम्बर ८ सोतीकी एक युवतीलाई भगाएर बिहे गर्ने योजनाका साथ साथीहरु लिएर गएका नवराजलाई युवतीका आफन्तले कुटेर हत्या गरेको मृतकका आफन्तजनले बताएका छन्।

यता युवतीका आफन्तले भने भेरी नदीमा खसेर उनीहरुको ज्यान गएको जनाएका छन्।

इलाका प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार भेरी नगरपालिका वडा नम्बर ११ का लोकेन्द्र सुनार, गोविन्द शाही र सन्दीप विकको अवस्था अहिलेसम्म अज्ञात रहेको र खोजी कार्य तीव्र पारिएको छ।

प्रकाशित: May 25, 2020| 19:32 सोमबार, जेठ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।