शुक्रबार, असोज ४, २०८१

सोती घटना : चार जना अझै बेपत्ता, मृतकका आफन्त आन्दोलित

घटनामा २ जनाकाे ज्यान गएकाे छ भने भेरी नगरपालिका वडा नम्वर ४ का गणेश विक, ११ का लोकेन्द्र सुनार, गोविन्द शाही र सन्दीप विक अझै बेपत्ता छन्।
 |  सोमबार, जेठ १२, २०७७
nespernesper

देव राना

देव राना

सोमबार, जेठ १२, २०७७

सुर्खेत- रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती घटनामा मृतकका आफन्त आन्दोलित भएका छन्। २ जनाकाे ज्यान जाने गरी भएकाे उक्त घटनाकाे छानबिन माग गर्दै उनीहरूले  जिल्ला प्रहरी कार्यालय जाजरकाेट अगाडि साेमबार नाराजुलुस गरेका हुन्।

triton college

घटनामा बेपत्ता भएका चार जनाकाे खाेजी गर्नुपर्ने माग उनीहरूकाे छ। सोतीकी १७ वर्षीया किशोरी र जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विकबीच प्रेम विवाह गर्न खोज्दा किशोरीका आफन्तले विकका आफन्तमाथि आक्रमण गरेका थिए।

घटनापछि नवराज भेरी नदीमा मृत भेटिएका थिए। उनीसँगै सोती पुगेका र चौरजहारी नगरपालिकाका वडा नम्बर १ का टीकाराम सुनारले सोही घटनामा ज्यान गुमाएका छन्।

दुवैको शव भेरी नदी किनारमा भेटिएको थियो। घटनामा निष्पक्ष छानबि माग गर्दै मृतकका परिवारले शव बुझेका छैनन्। त्यस्तै भेरी नगरपालिका वडा नम्वर ४ का गणेश विक, ११ का लोकेन्द्र सुनार, गोविन्द शाही र सन्दीप विक अझै बेपत्ता छन्।

नवराज १८ जना साथीलाई लिएर सोती गएका थिए। १२ जना प्रहरीको नियन्त्रणमा छन्। प्रेमिकाका परिवारले नवराज आएको थाहा पाएपछि स्थानीयको सहयोगमा कुटपिट गरी भेरीमा फालिएदिएको मृतकका आफन्तले आरोप लगाउँदै आएका छन्।

Metro Mart
vianet

घटनापछि किशोरी, उनका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल र सोही वडाका वडाध्यक्ष डम्मबरबहादुर मल्लसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रारम्भिक अनुसन्धानमा छातीय विभेदका कारण घटना भएको पाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी किशोर श्रेष्ठले बताए। उनले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको र बेपत्ताको खोजी जारी रहेको बताएका छन्।

प्रकाशित: May 25, 2020| 19:00 सोमबार, जेठ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।