आइतबार, भदौ ७, २०८३

सरकारसँग कति छ कोरोनासँग लड्ने स्वास्थ्य सामग्री ?

सरकारले हालसम्म ९२ करोड बराबरको स्वास्थ्य सामग्री खरिद गरेको छ।
 |  सोमबार, जेठ १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १२, २०७७

काठमाडौं- सरकारले हालसम्म ९२ करोड बराबरको स्वास्थ्य सामग्री खरिद गरेको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेललका अनुसार अहिले ६६ करोडको स्वास्थ्य सामग्री खरिदको प्रकृयामा रहेको छ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा निर्देशक डोटेलले सरकारले उक्त स्वास्थ्य सामग्री ५ हजार केसलाई आधार मानेर खरिद प्रकृया अगाडि बढाएको हो।

सरकारले अहिलेसम्म खरिद गरेका स्वास्थ्य सामग्रीमध्ये भाइरस ट्रान्सपोर्ट कलेक्सन (भिटीएम) किट १ लाख खरिद गरेकोमा ८८ हजार विभिन्न प्रदेशमा वितरण गरिएको छ। साथै २ लाख ५ हजार भिटिएम खरिद प्रक्रियाअगाडि बढाइएको छ।

त्यस्तै १ लाख २८ हजार पीसीआर किट प्राप्त गरकोमा ७८ हजार विभिन्न प्रयोगशालामा वितरण गरिएको र १ लाख ७५ हजार थप पीसीआर किटको खरिद प्रक्रियाअगाडि बढाइएको छ।

त्यस्तै हालसम्म सरकारले १ लाख ७५ हजार आरडीटी किट खरिद गरेकोमा ९५ हजार किट खर्च गरिसकेको छ भने करिब एक लाख २५ हजार किट खरिदको प्रकृयामा रहेको डोटेलले जानकारी दिए।

डोटेलका अनुसार सरकारले एक लाख ४६ हजार पीपीई किटहरु खरिद गरेकोमा ५४ हजार पीपीई विभिन्न प्रदेशमा वितरण गरिएको र ९२ हजार पीपीर्ई सेट मौज्दात रहेको छ।

यसबाहेक मास्क १५ लाख, सर्जिकल मास्क, १ लाख ८० हजार एन ९५ मास्क, ग्लब्स २ लाख ७८ हजार, सुजकभर ५३ हजार, सर्जिकल क्याप १७ हजार र ६ हजार आइआर थर्मोमिटर मौज्दात रहेको बताइएको छ।

हालसम्म करिब १७ लाख मास्क विभिन्न प्रदेशमा वितरण गरिएको छ। एन ९५ मास्क ५२ हजार र स्यानीटाइजर १० हजार बोटल वितरण गरिएको डोटेलले जानकारी दिए।

प्रकाशित: May 25, 2020| 18:40 सोमबार, जेठ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।