आइतबार, भदौ ७, २०८३

कति अपडेट छन् हाम्रा प्रधानमन्त्री ?

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ साढे ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्दा दुई वटा कुरा गलत बोलेका छन्
 |  सोमबार, जेठ १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १२, २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ साढे ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्दा दुई वटा कुरा गलत बोलेका छन्। सर्वसाधारणकाे निकै चासाेमा रहेकाे २ कुरामा प्रधानमन्त्री अपडेट नभएकाे देखिएकाे हाे।

सम्बाेधनका क्रममा उनले कोरोनाबाट मृत्यु हुनेको संख्या र माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित मिति दुवै गलत बोलेका हुन्।

प्रधानमन्त्रीले सम्बोधन गर्नुभन्दा एक घण्टाअगाडि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशमा कोरोना संक्रमणबाट चार जनाको मृत्यु भइसकेको सार्वजनिक गरेको थियो।

तर प्रधानमन्त्रीले भने मुलुकमा उक्त भाइरसको संक्रमणका कारण तीन जनाको मृत्यु भएको बताएका छन्। उनले भने, 'कुनै मानवीय क्षति नहोस् भन्ने हाम्रो अथक प्रयासका बाबजुद यसबीचमा नेपालभित्र हाम्रा तीन जना नागरिकको दुःखद् निधन भएको छ।'

यस्तै एसईई तोकिएको मितिभन्दा अघिल्लो बेलुकी अर्थात् चैत ५ गते स्थगित भएको थियो। तर, ओलीले दुई दिनअघि स्थगित भएको बताए। एसईई चैत ६ गतेबाट सञ्चालन हुने कार्यतालिका थियो।

प्रधानमन्त्रीले भने, 'महामारीका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हुनुभन्दा २ दिन अगाडि स्थगित गर्नुपरेको थियो। यो परीक्षा सञ्चालन हुन नसक्दा लाखौं विद्यार्थी अहिले अन्योलमा छन्।'

 

प्रकाशित: May 25, 2020| 18:25 सोमबार, जेठ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।