आइतबार, भदौ ७, २०८३

मृतकको सम्पर्कमा रहेका ६ जनामा कोरोना संक्रमण

मृत्यु भई अन्तिम संस्कारसमेत गरिसकिएका वृद्धको सम्पर्कमा आएका बाराका ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
 |  सोमबार, जेठ १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १२, २०७७

काठमाडौं- मृत्यु भई अन्तिम संस्कारसमेत गरिसकिएका वृद्धको सम्पर्कमा आएका बाराका ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

उपचारका क्रममा वीरगंजको नेशनल मेडिकल कलेजमा जेठ ४ गते मृत्यु भएका कलैया–७ का ७० वर्षीय वृद्धको सम्पर्कमा आएका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मृतकको सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

स्वासप्रश्वासमा समस्या देखिएपछि जेठ २ गते अस्पताल भर्ना गरिएका उनको आईसीयुमा उपचारकै क्रममा ३ गते स्वाव संकलन गरिएको थियो।

यसैबीच वीरगन्जस्थित नेशनल मेडिकल कलेजको आईसीयु र इमरजेन्सी कक्ष सिल गरिएको छ। अस्पताल सिल गरिएपछि त्यहाँ कार्यरत ५० डाक्टर तथा कर्मचारीलाई क्वारेन्टिनमा राखिएको छ।

मृतकको आफन्तले धार्मिक परम्पराअनुसार अन्तिम संस्कार गरिसकेका छन्।

प्रकाशित: May 25, 2020| 17:56 सोमबार, जेठ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।