आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • खाना खाने विषयमा विवाद हुँदा सुर्खेतमा प्रहरी र यात्रुबीच झडप

खाना खाने विषयमा विवाद हुँदा सुर्खेतमा प्रहरी र यात्रुबीच झडप

खाना खाने विषयमा विवाद हुँदा सोमबार सुर्खेतमा प्रहरी र यात्रुबीच झडप भएको छ।
 |  सोमबार, जेठ १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १२, २०७७

सुर्खेत- खाना खाने विषयमा विवाद हुँदा सोमबार सुर्खेतमा प्रहरी र यात्रुबीच झडप भएको छ। ना३ ख ५०९० नम्बरको बसका यात्रु र प्रहरीबीच वीरेन्द्रनगर–१४ को लादेमा झडप भएको हो। 

 झापाबाट कालिकोट हिँडेकाे बसमा ६४ जना चढेका छन्। उनीहरू झापामा बसेर नेपाल र भारत दुवैतर्फ नेटवर्किङ व्यवसाय गर्दै  आएका छन्। लकडाउनका कारण विभिन्न ठाउँमा राेकिनुपर्दा चार दिनदेखि खाना खान नपाएकाे यात्रुकाे भनाइ छ।

झडपमा कालिकोटको रास्कोट नगरपालिकाका दिनेश चदारा, विन्दा बुढा, महावै गाउँपालिका–१ की अनुष्का शाही, सान्नी त्रिवेणी गाउँपालिकाका कलबहादुर बुढा लगायत घाइते भएका छन्।

‘हामीले चार दिनदेखि खाना खान पाएका छैनौं, खाना माग्दा प्रहरीले लाठी प्रहार गर्यो', कालिकोटका राजबहादुर बिष्टले भने, 'प्रहरीले भोकभोकै घर पठाउन थालेको थियो। हामीले खाना खाएरमात्रै घर जाने भकेका थियौं उल्टै कुट्यो।’

घटनाकाे विराेधमा यात्रुहरुले सुर्खेत–दैलेख सडक अवरुद्ध पारेका छन्।  जिल्ला प्रहरी कार्यालय सुर्खेतले भने खाने खुवाउने तयारी भइरहँदा यात्रुहरु काफल र ऐसेलु खान जंगलतिर निस्केन थालेपछि बल प्रयोग गरेको जनाएको छ।

‘खाना खुवाउने तयारी हुँदै थियो, उहाँहरु जंगलतिर निस्केपछि सामान्य बल प्रयोग भएको हो’, जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी गोपाल रायमझीले भने। यात्रुले खाना खाइसकेकाले विवाद मिलाएर घर पठाइने उनकाे भनाइ छ। यात्रुलाई वीरेन्द्रनगरमा कलाकार हरि विष्टले खाना खुवाएकाे बताइएकाे छ। 

प्रकाशित: May 25, 2020| 17:15 सोमबार, जेठ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।