काठमाडौं- संघीय संसदको कानुन न्याय तथा मानव अधिकार समितिले एकल महिला, विधवा तथा अपांगता भएका व्यक्तिको भत्ता नरोक्न सरकारलाई निर्देशन दिएको छ।
सोमबार बसेको समितिको बैठकले सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिन सामाजिक सुरक्षा ऐन २०७५ संशोधनका लागि संसदमा पेस गर्नसमेत निर्देशन दिएको छ।
यसैगरी, कोरोना परीक्षणलाई समुदाय स्तरसम्म लग्न स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरिएको छ।
समितिले लकडाउनका बेला जातीय छुवाछुत, बलात्कार, हत्या तथा जबरजस्ती गर्भपतनको विषयमा अनुसन्धान गरी कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ।
देशभरको क्वारेन्टिनमा खाना र सुरक्षा व्यवस्था मिलाउन पनि समितिले सरकारलाई निर्देशन दिएको छ।