बिहीबार, मंसिर १८, २०८२

वीरगञ्जमा डाक्टरहरुबीच हात हालाहाल

'एनएमए नारायणी जोनल ब्रान्च' नामक ह्वाट्सएप ग्रुपमा एकअर्कालाई हनुमान कुरा लगाएको लगायतका विषयमा कुराकानी हुँदै जाँदा दर्शनगरमा रहेको नगर सभागृहमा दुवै समूहका चिकित्सहरु भेला भएर दुवै पक्षबाट हात हालाहाल भएको हो ।
 |  सोमबार, जेठ १२, २०७७

जियालाल साह

जियालाल साह

सोमबार, जेठ १२, २०७७

ह्वाट्सएप ग्रुपमा भएको कुराकानीलाई लिएर वीरगन्जका चिकित्सकबीच हात हालाहाल भएको छ।

National life

कोरोना भाइरसका संक्रमितको उपचारमा खटिरहेका चिकित्सकलाई वीरगन्जकै एक चिकित्सकले ह्वाट्सएप ग्रुपमा जथाभावी लेखेको भन्दै विवाद भएपछि चिकित्सकहरुबीच हात हालाहाल भएको प्रत्यक्षदर्शीले बताएका छन्।

'एनएमए नारायणी जोनल ब्रान्च' नामक ह्वाट्सएप ग्रुपमा एकअर्कालाई हनुमानको आरोप लगाएको लगायतका विषयमा विवाद भएपछि  नगर सभागृहमा दुवै समूहका चिकित्सहरु भेला भएर  हात हालाहाल गरेका हुन्।

नारायणी अस्पतालमा कार्यरत डा. दीपक चौरसिया, साहबुद्दिन र डा. मधुरन्जन सिंह लगायतबीच हात हालाहाल भएको हो ।

ग्रुपमा भएको कुराकानीका विषयमा छलफलका लागि डा. मधुरन्जनलाई बोलाएको भए पनि उनले कुटपिट गर्ने मनसायले नै ३-४ जना अरु व्यक्ति पनि सँगै लिएर आएको र कुरै नगरी हातपात गरेको नारायणी अस्पतालका चिकित्सकहरु बताउँछन्।

Laxmi sunrise bank
kumari

डा. मधुरन्जन नेशनल मेडिकल कलेजमा कार्यरत चिकित्सक हुन् ।

कुटपिटबाट डा. दीपक चौरसियालाई चोट लागेको छ भने अन्यको अवस्था सामान्य छ ।

कोरोना संक्रमितलाई हेर्नसमेत नगएको भन्दै वीरगन्जका चिकित्सकको आलोचना हुँदै गएको छ। 

प्रकाशित: May 25, 2020| 15:54 सोमबार, जेठ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।