आइतबार, भदौ ७, २०८३

रौतहट : एकै दिन २६ जना संक्रमित, आइसोलेसन अभाव

रौतहटमा सोमबार २६ जनामा कोरोना पुष्टि भएको छ। राजपुर फरहदवा नगरपालिकामा २४ र ईशनाथ नगरपालिकाको दुईजनामा संक्रमण पुष्टि भएको हो।
 |  सोमबार, जेठ १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १२, २०७७

जनकपुरधाम- रौतहटमा सोमबार २६ जनामा कोरोना पुष्टि भएको छ। राजपुर फरहदवा नगरपालिकामा २४ र ईशनाथ नगरपालिकाको दुईजनामा संक्रमण पुष्टि भएको हो।

रौतहटमा सोमबार पुष्टि भएका सबै २६ जना भारतबाट फर्किएका हुन्।

राजपुर फरहदवा नगरपालिकामा संक्रमण पुष्टि भएका सबै २४ जना भारतको महाराष्ट्रबाट फर्किएको जनस्वास्थ्य अधिकृत रवीन्द्र झाले जानकारी दिए। झाका अनुसार वैशाख २८ गते फर्र्र्किएका उनीहरुको जेठ ६ गते स्वाब संकलन भएको थियो।

एकैसाथ भारतबाट फर्किएका राजपुर फरदाहाका ९६ जनाको स्वाब संकलन भएकोमा सोमबार २५ जनामा संक्रमण पुष्टि भएको उनले बताए। भारतबाट फर्केलगत्तै उनीहरुलाई सबैलाई नगरपालिकाको वडा नम्बर–३ स्थित बलिया क्वारेन्टिनमा राखिएको थियो। सोमबार संक्रमण पुष्टि भएको बाराका कोटबाली गाउँपालिकाका एकजनासमेत बलिया क्वारेन्टिनमा रहेको उनले बताए।

यसैगरी ईशनाथ नगरपालिकामा संक्रमण पुष्टि भएका दुई जना पनि भारतबाटै फर्र्र्किएको बताइएको छ।
सोमबार २६ जना थपिएसँगै रौतहटमा संक्रमितको संख्या ४७ पुगेको छ । यसअघि रौतहटमा २१ जनामा कोरोना पोजेटिभ रहे पनि तीनजना उपचारपछि घर फर्किसकेका छन्।

कोरोना संक्रमितको संख्या बढेपछि रौतहटमा आइसोलेसन बेडको अभाव भएको छ। १८ बेडको गौरस्थित नर्सिङ इन्स्टिच्युटको आइसोलेसन कक्ष यसअघि भरिसकेपछि सोमबार थपिएकालाई कहाँ राख्ने अन्योल भएको छ ।

स्वास्थ्य अधिकृत झाले आइसोलेसन बेडको अभाव भएपछि सोमबार थपिएकाहरु हालसम्म क्वारेन्टिनमै रहेको बताए। ‘नर्सिङ इन्स्टिच्युटमा १८ बेडको आइसोलेसन पहिलेदेखि प्याक भइसकेको छ,’ उनले भने, ‘सोमबार २६ जना थपिएको छ उनीहरुलाई कहाँ राख्ने अन्योल छ।’

५० हजार जनसंख्या रहेको राजपुर फरहदवाका ९ हजार मानिस रोजगारका लागि भारतमा रहेको झाले बताए। आफ्नो नगरपालिकाका ९ हजार मानिस रोजगारका लागि भारतमा रहेको बताउँदै उनले १५ सय फर्किइसकेको र सात हजार आउने क्रममा रहेको सुनाए। भारतमा रहेका सबैजना फर्किए क्वारेन्टिन व्यवस्थापन गर्न समस्या हुने उनले बताए।

प्रकाशित: May 25, 2020| 15:25 सोमबार, जेठ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।