शनिबार, वैशाख २७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • भारतमै संक्रमित भएर आएका २१ जनालाई आइसोलेसन व्यवस्थापन गर्नै समस्या

भारतमै संक्रमित भएर आएका २१ जनालाई आइसोलेसन व्यवस्थापन गर्नै समस्या

कामको सिलसिलामा भारत पुगेका बाराको गढीमाई नगरपालिकाका २१ व्यक्ति उतैबाट संक्रमित भएर आएपछि कसरी व्यवस्थापन गर्ने भन्ने अन्योल भएको छ।
 |  सोमबार, जेठ १२, २०७७
nespernesper

जियालाल साह

जियालाल साह

सोमबार, जेठ १२, २०७७

vianetvianet

बारा- कामको सिलसिलामा भारत पुगेका बाराको गढीमाई नगरपालिकाका २१ व्यक्ति उतैबाट संक्रमित भएर आएपछि कसरी व्यवस्थापन गर्ने भन्ने अन्योल भएको छ।

triton college

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीका अनुसार कामको सिलसिलामा दिल्ली, पटना तथा मुम्बई गएका महागढीमाई नगरपालिकाका उनीहरु ९ दिन अगाडि आएर नगरपालिकाले बनाएको क्वारेन्टिनमा बसेका थिए।

क्वारेन्टिनमा बसेको ३ दिनपछि ३८ जनामध्ये किट अभावले ३० जनाको मात्रै पीसीआर परीक्षण गरिएको थियो।

महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवका अनुसार ६ दिनअगाडि मटिअर्वा नाकाबाट ल्याएर सशस्त्र प्रहरीले महागढीमाई नगरपालिकाको वडा नम्बर १, २ र ३ मा बनाएको क्वारेन्टिनमा राखेको थियो।

जोलगोवा, बलुवा बर्नियार लगायत गाउँका उनीहरुलाई क्वारेन्टिनमै सामान्य रुघा खोकी तथा कमजोरी महसुस भएपछि परीक्षण गर्दा २१ जनामा कोरोना पोजेटिभ आएको हो।

National life insurance

५३ जना बस्दै आएको क्वारेन्टिनका सबैको पीसीआर परीक्षण गर्ने भनिए पनि किटको अभावले परीक्षण हुन सकेको छैन।

साथै क्वारेन्टिनमा रहेका कोरोना पोजेटिभलाई ल्याउन र आइसोलेसनमा राख्न समेत समस्या भएको छ।
कलैया अस्पतालमा राखिएका जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक सहित ९ जनालाई नै खुवाउन र राख्न समस्या भइरहेको अवस्थामा थप २१ जनाको व्यवस्थापन गर्न समस्या हुने प्रहरी उपरीक्षक कृष्ण पंगेनीले दिए। कलैया अस्पतालमा बेडसँगै भवनको समेत अभाव भएकाले कहाँ राख्ने के खुवाउने भन्ने समस्या छ।

यससँगै सिमाबाट ल्याएका सशस्त्र प्रहरीलाई समेत क्वारेन्टिनमा राख्नुपर्ने र जिल्ला प्रहरीमा कार्यरत प्रहरीहरुलाई समेत क्वारेन्टाइनमा राखिएकाले आज फेला परेका कोरोना संक्रमितलाई ल्याउन समेत समस्या भएको प्रहरी उपरीक्षक पंगेनीले बताए। 

नारायणीको वैकल्पिक अस्पताल सिल हुने !

वीरगंजस्थित नेशनल मेडिकल कलेजमा मृत्यु भएका बिरामीमा कोरोना पुष्टि भएपछि मेडिकल कलेज नै सिल गर्ने कि के गर्ने भन्ने अन्योल थपिएको छ।

मध्य तराईको केन्द्रविन्दुको रुपमा रहेको नारायणी अस्पतालको विकल्पमा नेशनल मेडिकल कलेजमा ओपीडी सञ्चालन भइरहेको बेला उपचाररत बिरामीको मृत्यु भएपश्चात अहिले प्रशासनले अस्पताललाई सिल गर्ने तयारी गरेको छ।

पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी ललित बस्नेतका अनुसार उपचाररत बिरामीको कक्षलाई मात्रै सिल गर्ने की अस्पताल पुरै सिल गर्ने भन्ने विषयमा छलफलका लागि सर्वदलीय बैठक बसिरहेको छ।

प्रकाशित: May 25, 2020| 14:45 सोमबार, जेठ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।