आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गोकर्णका कोरोना पोजेटिभलाई एनएमसी अत्तरखेलमा राखियो, शिवचोकका सात घर सिल

गोकर्णका कोरोना पोजेटिभलाई एनएमसी अत्तरखेलमा राखियो, शिवचोकका सात घर सिल

गोकर्णेश्वर नगरपालिका–७ शिवचोकस्थित स्थानेश्वर मार्गमा बस्ने ३५ वर्षीय युवकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यस क्षेत्रका सात घर सिल गरिएको छ ।
 |  सोमबार, जेठ १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १२, २०७७

गोकर्णेश्वर नगरपालिका–७ शिवचोकस्थित स्थानेश्वर मार्गमा बस्ने ३५ वर्षीय युवकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यस क्षेत्रका सात घर सिल गरिएको छ ।

ग्राण्डी अस्पतालमा कार्यरत युवाको आमा र श्रीमतीको पिसिआर विधिबाट परीक्षण गर्न लागिएको वडाध्यक्ष केशव गुरुङले जानकारी दिए। सङ्क्रमितको घरमा तीन जनामात्र बस्ने, कोठा भाडामा समेत नलगाएकाले पहिलो चरणमा परिवारका सदस्यको मात्र परीक्षण गर्न लागिएको हो ।

परिवारका सदस्यको नतिजा नेगेटिभ आए अरुको नगरिने र पोजेटिभ आए सम्पर्कमा आएकाको ट्रेसिङ गरी परीक्षण गरिने पनि उनले बताए।

नगरपालिकामा यो दोस्रो सङ्क्रमण भएको प्रवक्ता मनोजकुमार ढुङ्गानाले बताए। पहिलो सङ्क्रमित गोकर्णेश्वर–४ क्षेत्रमा ट्रेसिङ गरिएका १९७ जनाको आरडिटी परीक्षण गर्दा आठ जनामा पोजेटिभ देखिएको छ ।

पोजेटिभ देखिएका सबैलाई नेपाल मेडिकल कलेज अत्तरखेलमा राखिएको उनले जानकारी दिए। नगरका जनप्रतिनिधि, कर्मचारीलगायत अग्रभागमा रहेर काम गर्नेमा गरिएको पिसिआरको प्रतिवेदन भने नेगेटिभ आएको नगरपालिकाले जनाएको छ ।

रासस

प्रकाशित: May 25, 2020| 13:57 सोमबार, जेठ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।