आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सीमा क्षेत्रमा आधारभूत स्वास्थ्य सुविधाको मागसहित डा. केसी दार्चुलामा अनशन बस्ने

सीमा क्षेत्रमा आधारभूत स्वास्थ्य सुविधाको मागसहित डा. केसी दार्चुलामा अनशन बस्ने

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी सीमा क्षेत्रका जनतालाई आधारभूत स्वास्थ्य सुविधा उपलब्ध गराउनु पर्ने लगायतका माग राखेर अनशन बस्ने भएका छन् । डा. केसी जेठ २० र २१ गते दार्चुलामा अनशन बस्न लागेका हुन् ।
 |  सोमबार, जेठ १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १२, २०७७

काठमाडौं- चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी सीमा क्षेत्रका जनतालाई आधारभूत स्वास्थय सुविधा उपलब्ध गराउनु पर्ने लगायतका माग राखेर अनशन बस्ने भएका छन् । डा. केसी जेठ २० र २१ गते दार्चुलामा अनशन बस्न लागेका हुन् ।

कोरोना भाइरसको महामारीका समयमा पनि नेपालमा भ्रष्टाचार, कुर्सी युद्ध जस्ता गतिविधि भएको भन्दै सरकारले सिमाञ्चलमा पुगेर त्यहाँका नागरिकको दुःख पीडा बुझ्ने कोसिस नगरेको उनले विज्ञप्तीमा उल्लेख गरका छन् ।

राज्यको रवैयाको परिणामका कारण सुदूरपश्चिमको दार्चुला लगायतका जिल्लाहरुमा आधारभूत स्वास्थ्य सेवाको समेत पहुँच नभएको उनले बताएका छन्।

साथै डा. केसीले आधारभूत स्वास्थ्य र शिक्षाको लागि सत्याग्रह बस्दा पनि सरकारले वेवास्ता गरेको आरोप लगाएका छन् । केसीले विज्ञप्तिमार्फत् जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल एमबीबीएसलगायतका कार्यक्रम शुरु गर्न ध्यानाकर्षण गराएका छन् ।

‘प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज स्थापना गर्ने भनेर हामीसित सम्झौता भएको र चिकित्सा शिक्षा ऐनमा समेत उल्लेख भएपनि सरकारले झारा टार्ने काम गरेको छ,’ उनले भनेका छन्।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठताका आधारमा डिनलगायतका पदाधिकारी नियुक्तिलगायतका सम्झौता कार्यान्वयन गर्न तथा विभिन्न सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया द्रुत गतिमा अघि बढाउन, गेटा मेडिकल कलेजलाई शीघ्र सञ्चालनमा ल्याउन तथा कर्णाली र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एमबीबीएस कार्यक्रम सञ्चालनको व्यवस्था गर्न डा. केसीले माग गर्दै आएका छन् ।

सीमाञ्चलका मानिसहरुको पीडाप्रति राज्यको ध्यानाकर्षण गराउँदै डा. केसीले शिक्षा, स्वास्थ्य, यातायात र जीविकाको उचित व्यवस्था गर्न तथा भारतबाट मिचिएको नेपाली भूमि फिर्ता गर्ने प्रक्रिया तत्काल शुरु गर्न पनि माग गरेका छन् ।

 

प्रकाशित: May 25, 2020| 13:47 सोमबार, जेठ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।