आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंमा तीनसहित एकैपटक ७२ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ६७५ पुग्यो

काठमाडौंमा तीनसहित एकैपटक ७२ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ६७५ पुग्यो

सोमबार एकैपटक थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६७५ पुगेको छ ।
 |  सोमबार, जेठ १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १२, २०७७

काठमाडौं- सोमबार एकैपटक थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६७५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार थपिएका संक्रमितहरुमा रौतहटका २६, बाराका २३, काठमाडौंको टोखा र बुढानिलकण्ठका ३, धनुषाका ३, कपिलवस्तुका ३ जना छन् । उनीहरु सबै पुरुष हुन्।

उनीहरुमध्ये बाराका  २१ जनाको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा परीक्षण गरिएको थियो भने बाँकीको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गरिएको हो।

यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणबाट २ जनामा कोरोना पोजिटिभ देखिएको छ। दुबै जना सप्तरीका पुरुष हुन्।

त्यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणबाट ५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा बाँकेका ४ र बर्दियाका एक पुरुष रहेका छन् ।

दैलेखमा ७ जनामा संक्रमण देखिएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणबाट ४ पुरुष र एक महिलामा संक्रमण देखिएको छ भने प्रदेश अस्पताल सुर्खेतमा गरिएको परीक्षणबाट २ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ७५ पुगेको छ। आइतबार १९ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ६ सय ३ पुगेको थियो । शनिबार ६८, शुक्रबार ५९ जनामा संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित: May 25, 2020| 11:21 सोमबार, जेठ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।