आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतमा कोरोना संक्रमणको गति तीव्र, २१ लाख संक्रमित हुन सक्ने विज्ञको चेतावनी

भारतमा कोरोना संक्रमणको गति तीव्र, २१ लाख संक्रमित हुन सक्ने विज्ञको चेतावनी

रेल चढेर लाखौं श्रमिक एक राज्यबाट अर्को राज्यमा गइरहेका छन्। यसले संक्रमण झन् बढ्न सक्ने चिन्ता व्यक्त भइरहेको छ।
 |  सोमबार, जेठ १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १२, २०७७

भारतमा कोरोना भाइरसका संक्रमित तीव्र गतिमा बढिरहेका बेला आउने दिनमा स्थिति झन् खराब हुने चिन्ता व्यक्त गरिएको छ। जुन र जुलाई महिना भारतका लागि अझ कठिन हुने विज्ञहरुले बताएका छन्।

कोरोना संक्रमणका हिसाबले भारत विश्वका १० वटा मुलुकभित्र परिसकेको छ।

भारतमा कोरोना संक्रमणबारे अध्ययन र काम पनि गरिहेका शोधकर्ताहरुका अनुसार जुलाईसम्ममा भारतमा अझै केही लाख संक्रमित बढ्न सक्छन्। आज (सोमबार) सम्मको तथ्यांकअनुसार त्यहाँ संक्रमितको संख्या १ लाख ३८ हजार ५ सय नाघेको छ।

संक्रमणको मामलामा सबैभन्दा अगाडि अहिले अमेरिका छ। त्यसपछि क्रमशः ब्राजिल, रुस, बेलायत, स्पेन, इटाली, फ्रान्स, जर्मनी र टर्की छन्।

जनसंख्याका हिसाबले विश्वको दोस्रो ठूलो मुलुक भारतमा कोरोना संक्रमितको संख्या हरेक १३ दिनमा दोब्बर भइरहेको छ। सरकारले दुई महिना लकडाउन गरेपछि विस्तारै यसलाई खुकुलो बनाउँदै लगेको छ।

रेल चढेर लाखौं श्रमिक एक राज्यबाट अर्को राज्यमा गइरहेका छन्। यसले संक्रमण झन् बढ्न सक्ने चिन्ता व्यक्त भइरहेको छ।

समाचार एजेन्सी रोयटर्सले यसबारे युनिभर्सिटी अफ मिशिगनका बायोस्टाटेस्टिक्स तथा महामारी रोग विशेषज्ञ प्रोफेसर भ्रमर मुखर्जीसँग कुरा गरेको थियो। मुखर्जको टिमको अनुमान छ– भारतमा जुलाईको पहिलो सातासम्ममा ६ लाख ३० हजारदेखि २१ लाखसम्म कोरोना भाइरसबाट संक्रमित हुन सक्छन्।

धेरैजसो सरकारी अस्पतालमा पर्याप्त बेड छैनन्। संक्रमितलाई अस्पतालमा भर्ना गराउन आफन्त भौंतारिरहेका छन्।

सरकारको तर्क छ– सबै संक्रमितलाई अस्पतालमा भर्ना गर्न जरुरी छैन। बेडको संख्या बढाउन पनि भारत सरकार लागिपरेको छ।

सरकारी तथ्यांकअनुसार अहिले भारतमा ७ लाख १४ हजार हस्पिटल बेड उपलब्ध छन्। सन् २००९ मा यो संख्या ५ लाख ४० हजार थियो।

शुक्रबारमात्र एम्सका निर्देशक रणदीप गुलेरियालाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जुन–जुलाईमा भारत कोरोना संक्रमणको चरम बिन्दुमा पुग्ने बताएका थिए।

त्यसैगरी कांग्रेस आईका नेता राहुल गान्धीले कोरोनाको उत्कर्ष आउनै बाँकी रहेको बताएका थिए।

भारतीय केन्द्रीय स्वास्थ्य विभागका संयुक्त सचिव लव अग्रवालले भने सरकारले जारी गरेका निर्देशनहरु पालना गरे कोरोना संक्रमण उत्कर्षमा पुग्न नसक्ने बताएका छन्।

बीबीसी

प्रकाशित: May 25, 2020| 11:20 सोमबार, जेठ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।