आइतबार, चैत ८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • लिभरपुल र एट्लेटिकोको खेलबाट अतिरिक्त ४१ कोरोना संक्रमितको मृत्यु

लिभरपुल र एट्लेटिकोको खेलबाट अतिरिक्त ४१ कोरोना संक्रमितको मृत्यु

 |  सोमबार, जेठ १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १२, २०७७

च्याम्पियन्स लिगअन्तर्गत एट्लेटिको मड्रिडविरुद्ध लिभरपुलको खेलमा दर्शकको उपस्थितिका कारण इंग्ल्यान्डमा ४१ अतिरिक्त कोरोना संक्रमितको मृत्यु भएको सन्डे टाइम्सले एक रिपोर्टमा बताएको छ।

National life

एनिफिल्ड मैदानमा इंग्लिस क्लब लिभरपुलले स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग १६ राउन्डको खेलमा सामना गरेको थियो। मार्च ११ मा भएको उक्त खेलमा ५२ हजार दर्शक उपस्थित भएका थिए, जसमध्ये तीन हजार स्पेनबाट खेल हेर्न पुगेका थिए।
कोरोना महामारीका कारण लकडाउन हुनुअघि इंग्ल्यान्डमा भएको यो अन्तिम खेल थियो।

सन्डे टाइम्सका अनुसार, इंग्ल्यान्डको राष्ट्रिय स्वास्थ्य सेवाको तथ्यांक अनुसन्धान गर्ने संस्था एज स्वास्थ्यले खेलमा जोडिएका ४१ अतिरिक्त मानिसको मृत्यु भएको बताएको हो। यो तथ्यांक एनिफिल्ड मैदान नजिकै रहेका अस्पतालमा खेलको २५ देखि ३५ दिनभित्र मृत्यु भएका मानिसको आधारमा लिइएको हो।

त्यही समयमा अन्य ठाउँमा मृत्यु भएका मानिस र लिभरपुलको एनिफिल्ड आसपासका अस्पतालमा ज्यान गुमाएमा मानिसको तुलनाका आधारमा उसले यस्तो निष्कर्ष निकालेको हो।

इम्प्रिकल कलेज लन्डन र अक्सफोर्ड विश्वविद्यालयको एक प्रक्षेपण अनुसार खेलका समयमा इंग्ल्यान्डको तुलनामा स्पेनमा ६ गुणा धेरै कोरोना संक्रमित थिए।

Laxmi sunrise bank
kumari

त्यस्तै मार्चमा ४ दिन चलेलको केल्टेन्हम फेस्टिबलमा सञ्चालन गरिएको घोडादौडका कारण पनि मृत्यु हुनेको संख्यामा प्रभाव परेको बताइएको छ। सरकारले त्यसबेला मार्च १७ सम्मका लागि प्रतियोगिता स्थगित गरेको थियो। तर, आयोजकले प्रतियोगिता गर्न सुरक्षित रहेको भन्दै आयोजना सम्पन्न गरेका थिए।

सन्डे टाइम्सका अनुसार, सो फेटिबलमा सम्पन्न खेलका कारण पनि अतिरिक्त ३७ मानिसको मृत्यु भएको छ। सरकारी बन्देजको समयमा पनि खेल गराएका कारण आयोजकले त्यतिबेला पनि आलोचना खेप्नुपरेको थियो।

अघिल्लो महिनामा लिभरपुलको मेयरले लिभरपुल र एट्लेटिकोको खेल किन सञ्चानल गरिएको र यसले कति संक्रमण बढाएको भनेर अध्ययन गर्ने बताएका थिए।

मेयरको टाउको दुखाइ बन्नसक्छ लिभरपुलको विजयोत्सव

“यदि खेलका कारण मानिसलाई कोरोना संक्रमण हुन्छ भने मलाई लाग्छ– त्यस्तो खेल गरिनु हुँदैन,” लिभरपुलको मेट्रो मेयर स्टिभ रोथेरमले बीबीसीसँग भनेका थिए।

“यस्तो निन्दनिय कामको अनुसन्धान हुनुपर्छ। जहाँ एट्लेटिकोका संक्रमित समर्थक आएका हुन सक्छन्। किनभने स्पेनको मड्रिडमा धेरै मानिस संक्रमित भएका छन्,” उनले भने।

उक्त खेलमा स्पेनिस टोलीले साविक विजेता लिभरपुललाई ३–२ ले हराएको थियो भने समग्रमा ४–२ को जितका साथ च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ।

उता कोरोनाका कारण इंग्ल्यान्डमा ३६ हजार मानिसको निधन भएको छ।

समाचार खेलकुद कोरोना फैलिन लिभरपुल–एट्लेटिको खेल पनि सहयोगी हुनसक्ने

एजेन्सी

प्रकाशित: May 25, 2020| 10:47 सोमबार, जेठ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।