आइतबार, भदौ ७, २०८३

कोरोनाबाट हुने मृत्युदर स्वाट्टै घट्यो

दिनहुँ चारदेखि छ हजारसम्मले कोरोनाका कारण ज्यान गुमाइराखेको अवस्थामा आइतबार यो दर स्वाट्टै घटेको छ। आइतबार कोरोनाबाट २ हजार ८ सय २६ जनाको मात्रै मृत्यु भएको छ ।
 |  सोमबार, जेठ १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १२, २०७७

काठमाडौं- संक्रमणदर तिब्र गतिमा फैलिए पनि कोरोनाबाट हुने मृत्युदर भने घटेको छ ।

दिनहुँ चारदेखि छ हजारसम्मले कोरोनाका कारण ज्यान गुमाइराखेको अवस्थामा आइतबार यो दर स्वाट्टै घटेको हो । आइतबार कोरोनाबाट २ हजार ८ सय २६ जनाको मात्रै मृत्यु भएको छ ।

यो संख्या ठ्याक्कै दुई महिना अघिको हाराहारीको हो । मार्च २५ मा २ हजार ५ सय ८९ जनाको मृत्यु भएको थियो । त्यसयता लगातार बढेको मृत्युदर आइतबार स्वाट्टै घटेको छ ।

शुक्रबार ५ हजार २ सय ५२ जनाको कोरोनाका कारण मृत्यु भएको थियो । शनिबार १ हजार ६९ ले घटेर ४ हजार १ सय ८३ जनाको मृत्यु भयो । शनिबारको तुलानामा आइतबार १ हजार ३ सय ५७ ले घटेर २ हजार ८ सय २६ जनाको मृत्यु भएको छ । 

पछिल्लो २४ घण्टामा अमेरिकामा १९ हजार ६ सय १४ जना संक्रमित थपिदा ६ सय १७ जनाको मृत्यु भएको छ । शनिबार १ हजार ३६ जनाको मृत्यु भएको थियो ।

ब्राजिलमा १६ हजार २ सय २० जनामा संक्रमण पुष्टि हुँदा ७ सय ३ जनाको मृत्यु भएको छ । शनिबार ९ सय ६५ जनाको मृत्यु भएको थियो ।

पछिल्लो २४ घण्टामा रुसमा ८ हजार ५ सय ९९ जना संक्रमित थपिदा १ सय ५३ जनाको मृत्यु भएको छ ।

बेलायतमा २ हजार ४ सय ५ जनामा संक्रमण पुष्टि हुँदा १ सय १८ जनाको मृत्यु भएको छ । इटालीमा ५ सय ३१ जना संक्रमित थपिदा ५० जनाको मृत्यु भएको छ ।

स्पेनमा ४ सय ८२ जनामा संक्रमण पुष्टि हुँदा ७४ जनाको मृत्यु भएको छ । फ्रान्समा १ सय १५ जनामा संक्रमण देखिदा ३५ जनाको मृत्यु भएको छ ।

भारतमा भने शनिबारको तुलानामा आइतबार संक्रमण र मृत्युदर दुबै बढेको छ । शनिबार ६ हजार ६ सय २९ जनामा संक्रमण देखिएको थियो भने आइतबार ७ हजार १ सय १३ जनामा संक्रमण पुष्टि भएको छ ।

भारतमा कोरोनाबाट शनिबार १ सय ४२ जनाको मृत्यु भएको थियो भने आइतबार १ सय ५६ जनाको मृत्यु भएको छ ।

२ सय १३ देशमा फैलिएको कोरोनाबाट अहिलेसम्म ५४ लाख ५ हजारभन्दा बढि संक्रमित भएका छन् ३ लाख ४४ हजार ९ सय ९७ जनाको मृत्यु भएको छ ।

प्रकाशित: May 25, 2020| 07:55 सोमबार, जेठ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।