काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट ५४ लाख ५ हजार ९ सय २९ जना संक्रमित भएका छन् ।
जोन हपकिन्स विश्वविद्यालयका अनुसार २ सय १३ देशमा फैलिएको कोरोना भाइरसबाट सोमबार बिहानसम्ममा ३ लाख ४४ हजार ९ सय ९७ जनाको मृत्यु भएको छ ।
मृतक र संक्रमित सबैभन्दा बढि अमेरिकामा रहेका छन् । जहाँ अहिलेसम्म १६ लाख ४२ हजार २१ जना संक्रमित भएका छन् भने ९७ हजार ६ सय ९८ जनाको मृत्यु भएको छ ।
दोस्रो बढि संक्रमित ब्राजिलमा छन् । जहाँ ३ लाख ६३ हजार २ सय ११ जना संक्रमित भएका छन् भने २२ हजार ६ सय ६६ जनाको मृत्यु भएको छ । रुसमा ३ लाख ४४ हजार ४ सय ८१ संक्रमित भएका छन् भने ३ हजार ५ सय ४१ जनाको मृत्यु भएको छ ।
बेलायतमा २ लाख ५८ हजार ५ सय ४ जनामा संक्रमण पुष्टि भएको छ भने ३६ हजार ८ सय ७५ जनाको मृत्यु भएको छ । स्पेनमा २ लाख ३५ हजार ७ सय ७२ जना संक्रमित भएका छन् भने २८ हजार ७ सय ५२ जनाको मृत्यु भएको छ ।
यस्तै इटालीमा २ लाख २९ हजार ८ सय ५८ जना संक्रमित हुँदा ३२ हजार ७ सय ८५ जनाको मृत्यु भएको छ । फ्रान्समा १ लाख ८२ हजार ७ सय ९ जनामा संक्रमण पुष्टि भएको छ भने २८ हजार ३ सय ७० जनाको मृत्यु भएको छ।
छिमेकी मुलुक भारतमा १ लाख ३८ हजार ५ सय ३६ जना संक्रमित भएका छन् भने ४ हजार २४ जनाको मृत्यु भएको छ । नेपालमा भने हालसम्म ६ सय ८ जना संक्रमित भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।