आइतबार, कात्तिक २, २०८२
  • गृहपृष्ठ
  • समाज
  • नारायणी अस्पतालबाट १८ जना कोरोना संक्रमित डिस्चार्ज

नारायणी अस्पतालबाट १८ जना कोरोना संक्रमित डिस्चार्ज

पर्सा जिल्लाको आइसोलेसनमा उपचाररत ७ महिला सहित १८ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका छन् ।
 |  सोमबार, जेठ १२, २०७७

जियालाल साह

जियालाल साह

सोमबार, जेठ १२, २०७७

पर्सा जिल्लाको आइसोलेसनमा उपचाररत ७ महिलासहित १८ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका छन् ।

Kumaribank

नारायणी अस्पतालको प्रसूति गृह भवनमा कोरोनाको उपचारमा रहेका वीरगन्ज महानगरपालिकाको वडा नम्बर ३ का कोरोना संक्रमितहरू डिस्चार्ज भएको उपचारमा संलग्न डा। उदय नारायण सिंहले बताए ।

उनका अनुसार ७ जना महिलामा ६ वर्ष, ३५ वर्ष, १३ वर्ष, २९ वर्ष, ३२ वर्ष, १३ वर्ष र ६२ वर्षका छन्। यसैगरी १०, ९, १५, ३, ६६, १०, ४०, ४३, ३७, १२ वर्षका पुरुष र ४ महिनाका बालकको रिपोर्ट पटक पटक २ पटक नेगेटिभ आएकाले डिस्चार्ज गरिएको छ।

डिस्चार्ज हुने १८ मध्ये १७ जना एकै परिवारका हुन्। उनीहरुमा वैशाख २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

हाल वीरगन्जको नारायणी अस्पतालमा ४४ जना र नारायणी अस्थायी गण्डक हस्पिटलमा २५ जना गरी ६९ जना आइसोलेसन वार्डमा उपचाररत छन् ।

Metro Mart

उपचार भइरहेका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। मदन उपाध्यायले बताए ।

प्रकाशित: May 25, 2020| 07:04 सोमबार, जेठ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।