आइतबार, भदौ ७, २०८३

थप पाँच जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६०८

नेपालमा थप पाँच जना कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितहरु
 |  सोमबार, जेठ १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १२, २०७७

काठमाडौं- नेपालमा थप पाँच जना कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितहरुमा बाँकेका चार र बदिर्याका एक जना रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले विज्ञप्ति प्रकाशित गरी कोरोना पुष्टि भएकामा बर्दियामा सङ्कलित एक सय नमूनामध्ये बाँसगढी –९ निवासी एक २५ वर्षीय पुरुषमा पोजेटिभ फेला परेको जनाएको छ।

त्यस्तै, बाँकेको नारायणपुर भवनपुर माध्यमिक विद्यालयमा सङ्कलित १२९ नमूनाको परीक्षणका क्रममा राप्ती सोनारी गाउँपालिका –५ बाँकेका २४, २३, २३ र १६ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको जनाइएको छ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ८ पुगेको छ। आइतबार मात्रै १९ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ६ सय ३ पुगेको थियो । शनिबार ६८, शुक्रबार ५९ जनामा संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित: May 25, 2020| 06:06 सोमबार, जेठ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।