आइतबार, भदौ ७, २०८३

बारामा थप ४ जना प्रहरीमा कोरोना संक्रमण

आइतबार बारामा नयाँ भेटिएका कोरोना सक्रमितमध्ये चार जना प्रहरी रहेको खुलेको छ।
 |  आइतबार, जेठ ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ११, २०७७

काठमाडौं- आइतबार बारामा नयाँ भेटिएका कोरोना सक्रमितमध्ये चार जना प्रहरी रहेको खुलेको छ।

संक्रमित चारै जना जिल्ला प्रहरी कार्यालयमा कार्यरत रहेको बाराका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले जानकारी दिए।

उनका अनुसार संक्रमित हुनेमा सर्लाही घर भएका ४९ वर्षीय, कलैया-१६ घर भएका ३४ वर्षीय, पर्सा घर भएका ३२ वर्षीय र रौतहटको युमनामाई घर भएका ३४ वर्षीय प्रहरी कर्मचारी छन्।

बारामा योसंगै कोरोना संक्रमित हुने प्रहरीको संख्या ५ पुगेको छ।

यसअघि जिल्ला प्रहरीको मुद्दा शाखामा कार्यरत एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक ट्रेसिङको आधारमा उनीहरुमा संक्रमण पुष्टि भएको हो।

उनीहरु सबैको जेठ ७ गते स्वाब परीक्षण गरिएको थियो।

बाल मन्दिरको आइसोलेसनमा रहेका संक्रमितलाई कलैया अस्पताल लगिँदै छ।

प्रकाशित: May 24, 2020| 17:52 आइतबार, जेठ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।