जनकपुरधाम- कोरोना संक्रमणपछि प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनमा उपचार भइरहेका एकजना पत्रकार र पुस्तक व्यवसायीको सम्पर्कमा रहेको भनिएका ३० जना पत्रकारको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणमा सबैजनाको रिपोर्ट नेगेटिभ आएको हो।
'कन्ट्याक्ट ट्रेसिङ'का लागि स्वाब संकलन गरिएका सबै पत्रकारको रिपोर्ट निगेटिभ आएको नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष अनिल मिश्रले जानकारी दिए।
जनकपुरका पत्रकार र पुस्तक व्यवसायीमा गत वैशाख ३० गते कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको 'कन्ट्याक्ट ट्रेसिङ'को आधारमा जनकपुरका ३० जना पत्रकारको जेठ ५ गते स्वाब संकलन गरिएको थियो।
२४ वैशाखमा २३ जना पत्रकारको पीसीआर जाँचमा एकजना पत्रकार र महासंघकै भवनमा पसल सञ्चालन गर्ने पुस्तक व्यवसायीमा संक्रमण देखिएपछि‘'कन्ट्याक्ट ट्रेसिङ' गरिएको थियो।
यसअघि कोरोना संक्रमित भनिएका पत्रकार र पुस्तक व्यवसायीका परिवारका सबै सदस्यको पीसीआर रिपोर्ट निगेटिभ आइसकेको छ।