आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कैलालीमा कोरोना संक्रमण जोखिम बढ्दो, परीक्षण किटको अभाव

कैलालीमा कोरोना संक्रमण जोखिम बढ्दो, परीक्षण किटको अभाव

कैलालीको दक्षिण पूर्वी क्षेत्रमा कोरोना परीक्षण गर्न किटको अभाव भएको छ। जेठ ९ गते जानकी गाउँपालिकाका तीनजनामा कोरोना भाइरसको पुष्टि भएको थियो। किट अभाव भएका कारण परीक्षणको दायरा बढाउन नसकिएको टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले जानकारी दिए।
 |  आइतबार, जेठ ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ११, २०७७

कैलाली – कैलालीको दक्षिण पूर्वी क्षेत्रमा कोरोना परीक्षण गर्न किटको अभाव भएको छ। जेठ ९ गते जानकी गाउँपालिकाका तीनजनामा कोरोना भाइरसको पुष्टि भएको थियो। किट अभाव भएका कारण परीक्षणको दायरा बढाउन नसकिएको टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले जानकारी दिए।

'जोखिम बढेको छ, किट छैन परीक्षणको दायरा बढाउन सकिएको छैन', रावलले भने, 'प्रदेश सरकारसँग समन्वय गर्दा पनि किट पाइएको छैन। आफ्नै स्रोतले खरिदका लागि पनि सम्भव देखिँदैन।' उनले आरडिटी र भिटिएम दुवै किट नहुँदा परीक्षणको काम पूर्णरुपमा रोकिएको जानकारी दिए। नगरपालिकामा हाल १६० जना क्वारेन्टाइनमा रहेका छन्। भारतबाट नागरिक आउने क्रम बढेसँगै क्वारेन्टाइनको व्यवस्थापनमा समेत नगरपालिकाले काम गर्दै आएको उनले बताए। नगरपालिकाको प्रोफाइलका अनुसार १६ हजार नागरिक भारतमा रहेका छन्। उनले यस्तै अवस्था रहने हो भने स्थानीय सरकारले धेरै दिन थेग्न नसक्ने भन्दै हालको अवस्थामा कम्तीमा पाँच हजार नागरिक नगरमा भित्रन सक्ने बताए।

त्यस्तै संक्रमण देखिएको जानकी गाउँपालिमा समेत किट नहुँदा कोरोना परीक्षण रोकिएको छ। संक्रमितको सम्पर्कमा आएका ४२ जना आफूहरुको सम्पर्कमा आए पनि परीक्षण किट नभएका कारण कुनै काम गर्न नसकिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जितबहादुर चौधरीले बताए। उनले दिनप्रतिदिन सयौंको संख्यामा भारतबाट नागरिक आउन थालेको बताउँदै परीक्षणको दायरा बढाउन नसकेकै कारण समुदायमा त्रास फैलिएको बताए। स्वास्थ्य शाखा प्रमुख चौधरीले क्वारेन्टाइनमा बसेकाको समय पुगिसकेको भए पनि किट नभएकै कारण जाँच गर्न नसकिएको बताए। जानकी गाउँपालिकामा कोरोना भाइरसको संक्रमण देखिएपछि वडा नं ४ को मोतिनगर र वडा नं ७ को बेलासपुर सिल गरिएको छ।

भजनी नगरपालिकामा पनि किटको अभाव देखिएको छ। नगरपालिकामा किट नहुँदा क्वारेन्टाइनको समय पुगेकाहरुलाई होम क्वारेन्टाइनमा पठाउन नसकिएको स्वास्थ्य शाखा प्रमुख कीर्तिसिंह विकले बताए। मानिसको चाप दिनप्रतिदिन बढ्दै गएको बताउँदै विकले प्रदेश सरकारसँग समन्वय गर्दा पनि आउँछ भन्ने प्रतिक्रिया पाउने गरेको तर किट प्राप्त गर्न नसकिएको जानकारी दिए। उनले नगरपालिकाले किट खरिदका लागि पहल गर्दा एक किटको मात्र रु एक हजार एक सय पर्ने भनेपछि नगरपालिकाको स्रोतले किट खरिद गर्न नसकिने बताए। नगरपालिकामा १५० भन्दा बढी मानिस क्वारेन्टाइनमा रहेका छन्। भारतसँग सिमाना जोडिएको लालबोझी र खैलाडमा सीमा प्रवेश गर्न खोज्ने नागरिकलाई सिमानामै रोकेर उनीहरुको व्यवस्थापन गरिएको छ।

जोशीपुर गाउँपालिकामा समेत आरडिटी र भिटिएम किटको अभाव हुँदा परीक्षणको दायरा बढाउन नसकिएको गाउँपालिकाका अध्यक्ष रामकृष्ण चौधरीले जानकारी दिए।

प्रकाशित: May 24, 2020| 16:23 आइतबार, जेठ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।