आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौं सोह्रखुट्टेका एकसहित १९ जना कोरोना भाइरसका संक्रमित थपिए

काठमाडौं सोह्रखुट्टेका एकसहित १९ जना कोरोना भाइरसका संक्रमित थपिए

स्वास्थ्य मन्त्रालयका अनुसार थपिनेमा काठमाडौं, नुवाकोट, मोरङ, बारा, पर्सा, रौतहट, सर्लाही र रुपन्देहीका छन् ।
 |  आइतबार, जेठ ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ११, २०७७

आज (आइतबार) थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार प्रदेश १ को मोरङमा १ जना, प्रदेश २ को बारामा १ जना, पर्सामा ३ जना, रौतहटमा १ जना, सर्लाहीमा १ जनामा कोरोना संक्रमण देखिएको छ ।

बागमती प्रदेशको काठमाडौंमा १ जना, नुवाकोटमा १ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै प्रदेश ५ को रुपन्देहीमा ६ जना, कपिलवस्तुमा ३ जना र गु्ल्मीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा ५२४ जना पुरुष र ७९ जना महिला छन् ।

योसँगै कोरोना संक्रमितको कुल संख्या ६०३ पुगेको छ।

यीमध्ये ८७ जना निको भएका छन् भने तीन जनाको मृत्यु भएको छ।

 

प्रकाशित: May 24, 2020| 16:23 आइतबार, जेठ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।