आइतबार, भदौ ७, २०८३

वन अधिकृत सन्तमायाविरुद्ध भ्रष्टाचार मुद्दा

घुसहित पक्राउ परेकी डिभिजन वन कार्यालय दोलखाका डिभिजन वन अधिकृत (दशौं तह) सन्तमाया श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।
 |  आइतबार, जेठ ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ११, २०७७

काठमाडौं- घुसहित पक्राउ परेकी डिभिजन वन कार्यालय दोलखाका डिभिजन वन अधिकृत (दशौं तह) सन्तमाया श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।

काठ व्यापार गर्ने व्यापारीहरुसँग लिएको दुई लाख तीन हजार पाँच सय रुपैयाँसहित रंगेहात पक्राउ परेकी श्रेष्ठविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हो।

श्रेष्ठले काठ व्यवसायीहरूसँग बिभिन्न बाहनामा घुस लिएर पदीय मर्यादा विपरित कार्य गरेको भन्दै अख्तियारले श्रेष्ठविरुद्ध सोही रकम बराबरको बिगो असुल गर्न माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

घुस रकम लिएर सरकारी गाडीमा दोलखाबाट काठमाडौं आउँदै गरेको अवस्थामा अख्तियारको टोलीले श्रेष्ठलाई बाटोबाटै नियन्त्रणमा लिएको थियो।

प्रकाशित: May 24, 2020| 14:12 आइतबार, जेठ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।