काठमाडौं- दाङ र कैलालीमा सर्पदंशबाट दाङ र कैलालीमा गरी दुई बालबालिकाको ज्यान गएको छ। दाङमा ९ वर्षीया बालिका र कैलालीमा ७ वर्षीय बालकको सर्पको डसाइबाट ज्यान गएको हो।
लमही नगरपालिका–९ तेलियाका धनबहादुर कुमालकी ९ वर्षीया छोरी रेश्मा कुमालको सर्पको डसाइबाट मृत्यु भएको स्थानीय ओमप्रकास बस्नेतले जानकारी दिए।
शनिबार दिउँसो आमासँगै घरको पेटीमा बसेकी कुमाललाई सर्पले डसेको थियो। अस्पताल नगएर धामीझाँक्री बोलाउन लाग्दा उपचार नपाएर उनको मृत्यु भएको बस्नेतले बताए।
यस्तै कैलालीको लम्कीचुहा नगरपालिका–२ बघौरामा हंसकला न्यौपानेको ७ वर्षीय छोरा हितेश न्यौपानेको सर्पको डसाइबाट मृत्यु भएको छ। स्थानीय हंसराज न्यौपानेका अनुसार उनलाई रातिको समयमा सर्पले डसेको हो।