आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मुख्यमन्त्री शाहीले आफ्नो स्कर्टिङमा खटिने ८ जना सुरक्षाकर्मी फिर्ता गरे

मुख्यमन्त्री शाहीले आफ्नो स्कर्टिङमा खटिने ८ जना सुरक्षाकर्मी फिर्ता गरे

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो स्कर्टिङमा खटिने ८ जना प्रहरी फिर्ता गरेका छन् ।
 |  आइतबार, जेठ ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ११, २०७७

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो स्कर्टिङमा खटिने ८ जना प्रहरी फिर्ता गरेका छन् ।

‘पीएसओ र आर्मी बाहेकका स्कर्टिङमा खटिने प्रहरीहरु उहाँले फिर्ता गर्नुभएको छ,’ मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुवविक्रम बुढाथोकीले भने, ‘कोरोना भाइरसविरुद्धको महामारीमा खटिन सुरक्षाकर्मीको अभाव भएका कारण तत्काललाई स्कर्टिङमा खटिने प्रहरीहरु फिर्ता गर्नुभएको हो ।’

मुख्यमन्त्रीको सुरक्षामा खटिएका २ जना प्रहरी नायव निरीक्षक, १ जना प्रहरी सहायक निरीक्षक र ५ जना जवानसहित ८ जना प्रहरीलाई फिर्ता पठाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीले पुष्टि गरे।

यसबाट प्रहरी जनशक्तिलाई कोरोना विरुद्धको अभियान जनताको सुरक्षामा सघाउ पुर्याउने सहयोग मिल्ने रायमाझीको भनाइ छ ।

प्रकाशित: May 24, 2020| 12:25 आइतबार, जेठ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।