आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतबाट फर्कंदै गरेका अर्घाखाँचीका युवकको बाटैमा मृत्यु

भारतबाट फर्कंदै गरेका अर्घाखाँचीका युवकको बाटैमा मृत्यु

भारतबाट घर फर्किंदै गरेका अर्घाखाँचीका एक युवकको बाटैमा मृत्यु भएको छ।
 |  आइतबार, जेठ ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ११, २०७७

काठमाडौं- भारतबाट घर फर्किंदै गरेका अर्घाखाँचीका एक युवकको बाटैमा मृत्यु भएको छ।

रोजगारीका लागि भारतको गुजरात पुगेका अर्घाखाँचीको भूमिकास्थान नगरपालिका– ९ का ३५ वर्षीय कृष्णबहादुर गैरेको बाटैमा मृत्यु भएको हो।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले गैरेको बसमै मृत्यु भएको जानकारी आएको बताए। उनको मृत्युको कारण भने खुल्न नसकेको र कोरोना परीक्षण गर्ने तयारी भइरहेको उनले जानकारी दिए।

गैरेको शव कपिलवस्तुको कृष्णनगर सीमाको भारततर्फ पर्ने बढनीमा छ। नेपाल भित्र्याएर स्वाब परीक्षण गराउने तयारी भइरहेको छ।
भारतबाट दुई वटा बसमा नेपालीहरु आएका र सोही बसमा उनी पनि रहेको खुलेको छ।

प्रकाशित: May 24, 2020| 12:25 आइतबार, जेठ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।