बलिउड अभिनेता किरण कुमारलाई कोरोना भाइरसको संक्रमण भएको छ।
समाचार एजेन्सी पीटीआईलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार अहिले उनी आफ्नै घरमा क्वारेन्टिनमा छन्। ७४ वर्षीय किरणलाई कोरोनाको कुनै लक्षण थिएन।
उनले भने, ‘१४ मे मा नियमित चेकअपको लागि अस्पताल गएको थिएँ। त्यहाँ कोरोना टेस्ट पनि गराउनुपर्ने भनियो। त्यसैले जाँच गराएको हुँ। कुनै लक्षण देखिएर वा शंका लागेर गराएको होइन। अहिले पनि म पूर्णतया ठिक छु र घरमै क्वारेन्टिनमा छु।’
किरणले काम गरेका धड्कन, मुझसे दोस्ती करोगे जस्ता फिल्म चर्चित छन्।