आइतबार, भदौ ७, २०८३

चैते धानमा रोग लागेपछि चितवनका किसान चिन्तामा

चितवनमा धान यस वर्ष निकै सप्रिएको थियो । पर्याप्त पानी परेका कारण यस वर्ष धान राम्रै फल्ने अनुमान किसानले गरेका थिए । चितवनको खैरहनीका किसान कृष्णप्रसाद धरेल धानको उत्पादन बढ्ने देखेर खुशी थिए तर त्यो खुशी धेरै दिनसम्म टिक्न पाएन ।
 |  आइतबार, जेठ ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ११, २०७७

चितवनमा धान यस वर्ष निकै सप्रिएको थियो । पर्याप्त पानी परेका कारण यस वर्ष धान राम्रै फल्ने अनुमान किसानले गरेका थिए । चितवनको खैरहनीका किसान कृष्णप्रसाद धरेल धानको उत्पादन बढ्ने देखेर खुशी थिए तर त्यो खुशी धेरै दिनसम्म टिक्न पाएन ।

बाला लाग्ने बेलामा रोग देखिएपछि उनी चिन्तित छन्। “केही दिनअघिसम्म मैले २९ कठ्ठामा लगाएको हर्दिनाथ जातको धान राम्रो थियो । अहिले फूल खेल्न नपाउँदै झर्न थालेको छ । केही ठाउँको धानमा कालो टाटा देखिएको छ”, धरेलले भने, “यसका लागि हामीलाई प्राविधिकको खाँचो छ ।” कृषि प्राविधिकले २० प्रतिशत मात्र धान निस्कने बताएको उनले सुनाए।

उनको मात्र होइन, पूर्वी चितवनका धेरै किसान अहिले धानमा रोग देखिएपछि चिन्तित छन् । अहिले गुणस्तरीय बीउ, प्राङ्गारिक मल, रासायनिक मल, अन्य उत्पादन सामग्री, सहजै दक्ष प्राविधिक सेवाको पहुँच नहुँदा समस्या आएको धरेलले बताए। चितवनका भण्डारा, कुमरोज, पिप्ले र कठार क्षेत्रमा लगाएको धान काट्ने समयमा धानको दानामा लाग्ने डरुवा र नेक ब्लाष्ट नामको रोग देखिएको हो ।

सो क्षेत्रमा लगाइएको ६० प्रतिशत धानमा रोग देखापरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनले जानकारी दिएको छ । “अहिले पूर्वी चितवनमा तीन हजार हेक्टरमा लगाइएको ‘हर्दिनाथ एक’ नामक धानको दानामा लाग्ने डरुवा रोग लागेको छ”, कार्यालयका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमिल्सिनाले भने,

“तत्कालै सचेत नहुने हो भने समस्या अझ बढेर जाने देखिन्छ ।” चितवनमा आठ हजार हेक्टरमा चैते धान खेती लगाइने गरेकोमा पूर्वी चितवनमा मात्रै पाँच हजार हेक्टरमा चैते धान लगाइन्छ । अहिले चैते धान झुल्ने बेला हो । विशेषगरी हर्दिनाथ एक र बिजी १४४२ जातको धानमा डढुवा रोग र नेक ब्लाष्ट रोग देखापरेको तिमिल्सिनाले बताए।

यस्तै पिआर र जेरी जातमा पनि शिथब्लाइट रोग देखापरेको छ । हर्दिनाथ एकभन्दा जेरी एक महिना अगाडि पाक्ने तर उत्पादन कम हुने गरेको किसानले बताएका छन् । त्यसले गर्दा किसानले पछिल्लो समय हर्दिनाथ एक जातको धान रोप्दै आएका छन् । खैरहनी नगरपालिका कृषि शाखाका प्राविधिक सहायक ध्रुव आचार्यले नगरको वडा नं ६ र ७ मा यो रोगले चैत धान बालीमा क्षति पुर्याएको बताए। नगरकै वडा नं १३ का केही स्थानमा पनि रोग देखिएको उनले जानकारी दिए।

लकडाउनका कारण फिल्डमा निस्कन समस्या परेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका सूचना अधिकारी माधव पौडेलले जानकारी दिए। अहिले कोरोनाको जोखिम उच्च छ, त्यसमा पनि जथाभावी बाहिर निस्कन पाइँदैन । किसानको खेतमा पुग्नका लागि सवारी साधनसमेत हामीसँग छैन”, उनले भने, “सकेसम्म हामी किसानको खेतमा पुग्ने गरेका छौँ ।”
रासस

प्रकाशित: May 24, 2020| 11:54 आइतबार, जेठ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।