शनिबार, पुस १२, २०८२

आजदेखि कर्णाली प्रदेशसभाको बजेट अधिवेशन

आजदेखि कर्णाली प्रदेशसभाको बजेट अधिवेशन सुरु भएको छ।
 |  आइतबार, जेठ ११, २०७७

देव राना

देव राना

आइतबार, जेठ ११, २०७७

काठमाडौं--कोरोनाको त्रासबीच आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम र प्रि–बजेट छलफलका लागि अधिवेशन आह्वान गरिएको हो ।

National life

अधिवेशनमा आपसी दूरी कायम हुने व्यवस्था मिलाइएको प्रदेशसभाका सचिव जिवराज बुढाथोकीले जानकारी दिए ।

दूरी कायम गर्नका लागि यसअघि दर्शकदीर्घा र सञ्चारकर्मीका लागि छुट्याइएका ४८ सिटमा समेत सांसदहरु बस्ने व्यवस्था मिलाइएको छ । बैठक कक्षमा क्लोरिन छर्किेने र सांसदहरुले सेनिटाइजर प्रयोग गरेरमात्रै हाजिरी गर्नुपर्ने व्यवस्था मिलाइएको छ ।

सचिव बुढाकोकीका अनुसार आजको बैठकमा प्रदेश प्रमुखबाट प्राप्त पत्र पढेर सुनाउने र दलका नेताले बोल्ने कार्यतालिका छ ।

बैठकमा सहभागी हुने मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुख, प्रदेशसभाका सदस्य, मर्यादापालक, ड्राइभर र संसद सचिवालयका कर्मचारी सबैले कोरोना भाइरसको परीक्षण गराइसकेका छन्।

Laxmi sunrise bank
kumari

कोरोना संक्रमणका कारण बजेट अधिवेशनमा दर्शक र सञ्चारकर्मीहरुले भिडियो कन्फ्रेन्स हलबाट अधिवेशन अवलोकन र रिपोर्टिङ गर्ने व्यवस्था मिलाइएको छ ।

प्रकाशित: May 24, 2020| 10:41 आइतबार, जेठ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।