आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चाैकीदार राख्ने विषयमा डिल्लीबजार कारागारमा कैदीहरुबीच झडप

चाैकीदार राख्ने विषयमा डिल्लीबजार कारागारमा कैदीहरुबीच झडप

काठमाडौँको डिल्लीबजार कारागारमा चौकीदार राख्ने विषयमा विवाद भएपछि कैदीहरुबीच झडप भएको छ ।
 |  आइतबार, जेठ ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ११, २०७७

काठमाडौंको डिल्लीबजार कारागारमा चौकीदार राख्ने विषयमा विवाद भएपछि कैदीहरुबीच झडप भएको छ।

आइतबार (आज) बिहान विवाद हुँदा सामान्य झडप भएको र विस्तृत जानकारी आउन बाँकी रहेको कारागार व्यवस्थापन विभागका महानिर्देशक प्रदीपराज कँडेलले जानकारी दिए।

प्रहरीका अनुसार कैदीबन्दीले कारागारभित्रै नाराबाजीसमेत गरेका थिए। कारागार कार्यालयमा भित्रबाट ताला लगाएर प्रदर्शन गरेको समेत जनाइएको छ।

महानगरीय प्रहरी कार्यालय काठमाडौंका प्रमुख विश्वराज पोखरेलले चौकीदार राख्ने विषयमा विवाद हुँदा कारागारमा भित्रबाट ताला लगाएर प्रदर्शन भएको र अहिले प्रहरी परिचालन गरेर स्थिति नियन्त्रणमा लिइसकिएको जानकारी दिए।

प्रकाशित: May 24, 2020| 09:52 आइतबार, जेठ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।