आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बेहुली लिन गएका बेहुलाको गाउँलेको कुटाइबाट मृत्यु, ६ जना जन्ती बेपत्ता

बेहुली लिन गएका बेहुलाको गाउँलेको कुटाइबाट मृत्यु, ६ जना जन्ती बेपत्ता

रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका–८ सोतीमा गाउँलेहरुको कुटाइबाट एक युवाको मृत्यु भएको छ। घटना शनिबार राति भएको हो।
 |  आइतबार, जेठ ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ११, २०७७

रुकुम पश्चिमकाे चौरजहारी नगरपालिका–८ सोतीमा शनिबार राति गाउँलेको कुटाइबाट एक युवकको मृत्यु भएको छ। 

जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका नवराज विक १९ जना साथी लिएर चौरजहारीस्थत आफ्नी प्रेमिकाकाे घर पुगेका थिए। नवराज र सोतीस्थित सुष्मा मल्लबीच लामो समयदेखि प्रेम सम्बन्ध थियो। सुष्माकै बिहे गराैं भन्ने आग्रह गरेपछि नवराजले १९ युवा लिएर गएका थिए।

केटाहरु आएको खबर सुष्माकी आमाले थाहा पाएर हल्ला गरेपछि गाउँले कुटपिट गर्दा नवराजको मृत्यु भएको जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए। नवराजसँग गएका छ युवा बेपत्ता छन्। बाह्र युवालाई प्रहरीले पक्राउ गरेको छ।

गाउँहरुले लखेट्दा छ युवा भागेकाे हुन सक्ने  श्रेष्ठकाे भनाइ छ। सुष्मा र नवराजबीच प्रेम रहेको थाहा पाएपछि आफन्तले विवाह हुन नदिन चौरजहारी प्रहरी कार्यालयमा केही समयअघि उजुरीसमेत दिएको श्रेष्ठले जानकारी दिए।

उजुरी दिएपछि दुवै समूहबीच छलफलसमेत भएको थियो।  

-रासस

प्रकाशित: May 24, 2020| 07:42 आइतबार, जेठ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।