आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जग्गाको विषयमा छिमेकीसँग झगडा हुँदा एकजनाको ज्यान गयो

जग्गाको विषयमा छिमेकीसँग झगडा हुँदा एकजनाको ज्यान गयो

 |  आइतबार, जेठ ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ११, २०७७

सप्तरीको महदेवा गाउँपालिकामा जग्गासम्बन्धी विवादमा परी कुटपिट हुँदा घाइते भएका एक व्यक्तिको मृत्यु भएको छ । गाउँपालिका–१ बस्ने ८० वर्षीय सुविलाल यादवको मृत्यु भएको प्रहरी उपरीक्षक कृष्ण प्रसाईँले बताए।

जग्गाको विषयमा छिमेकीसँग गत वैशाख १३ गते विवाद भएको थियो । सो विवादका क्रममा कुटपिट हुँदा उनको टाउको र खुट्टामा गम्भीर चोट लागेपछि उनलाई गजेन्द्रनारायाण सिंह अस्पताल राजविराजमा उपचारका लागि भर्ना गरिएको थियो ।

वैशाख २७ गते अस्पतालले उनलाई डिस्चार्ज गरेपछि घरमै औषधि खाएर उपचार गराइरहेको अवस्थामा यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शवलाई परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताउँदै कुटपिटमा संलग्न रहेकाको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
रासस

प्रकाशित: May 24, 2020| 07:28 आइतबार, जेठ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।