आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाबाट विश्वभर ३ लाख ४१ हजारको मृत्यु, २४ घण्टामा कहाँ के भयो ?

कोरोनाबाट विश्वभर ३ लाख ४१ हजारको मृत्यु, २४ घण्टामा कहाँ के भयो ?

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट ५३ लाख ९ हजार १ सय ४२ जना संक्रमित भएका छन् ।
 |  आइतबार, जेठ ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ११, २०७७

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट ५३ लाख ९ हजार १ सय ४२ जना संक्रमित भएका छन् ।

जोन हपकिन्स विश्वविद्यालयका अनुसार २ सय १३ देशमा फैलिएको कोरोना भाइरसबाट ३ लाख ४० हजार ८ सय ७५ जनाको मृत्यु भएको छ।

मृतक र संक्रमित सबैभन्दा बढि अमेरिकामा रहेका छन् । जहाँ अहिलेसम्म १६ लाख २२ हजार ४ सय ४७ जना संक्रमित भएका छन् भने ९७ हजार ७६ जनाको मृत्यु भएको छ ।

दोस्रो बढि संक्रमित ब्राजिलमा छन् । जहाँ ३ लाख ४७ हजार ३ सय ९८ जना संक्रमित भएका छन् भने २२ हजार १३ जनाको मृत्यु भएको छ । रुसमा ३ लाख ३५ हजार ८ सय ८२ संक्रमित भएका छन् भने ३ हजार ३ सय ८८ जनाको मृत्यु भएको छ ।

बेलायतमा २ लाख ५८ हजार ५ सय ४ जनामा संक्रमण पुष्टि भएको छ भने ३६ हजार ७ सय ५७ जनाको मृत्यु भएको छ । २ लाख ३५ हजार २ सय ९० जना संक्रमित भएका छन् भने २८ हजार ६ सय ७८ जनाको मृत्यु भएको छ ।

यस्तै इटालीमा २ लाख २९ हजार ३ सय २७ जना संक्रमित हुँदा ३२ हजार ७ सय ३५ जनाको मृत्यु भएको छ । फ्रान्समा १ लाख ८२ हजार ३६ जनामा संक्रमण पुष्टि भएको छ भने २८ हजार २ सय १८ जनाको मृत्यु भएको छ।

छिमेकी मुलुक भारतमा १ लाख ३१ हजार ४ सय २३ जना संक्रमित भएका छन् भने ३ हजार ८ सय ६८ जनाको मृत्यु भएको छ । नेपालमा भने हालसम्म ५ सय ८४ जना संक्रमित भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

२४ घण्टामा कहाँ के भयो ?

पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ९९ हजार ८ सय ७२ जना संक्रमित भएका छन् भने ४ हजार १ सय ८३ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा अमेरिकामा मात्रै २१ हजार ९ सय २९ जना संक्रमित थपिएका छन् भने १ हजार ३६ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा १६ हजार ५ सय ८ जनामा संक्रमण पुष्टि भएको छ भने ९ सय ६५ जनाको मृत्यु भएको छ । रुसमा ९ हजार ४ सय ३४ जना संक्रमित थपिदा १ सय ३९ जनाको मृत्यु भएको छ ।

बेलायतमा २ हजार ९ सय ५९ जनामा संक्रमण पुष्टि हुँदा २ सय ८२ जनाको मृत्यु भएको छ । इटालीमा ६ सय ६९ जना संक्रमित थपिएका छन् भने १ सय १९ जनाको मृत्यु भएको छ ।

स्पेनमा ४ सय ६६ जनामा संक्रमण पुष्टि हुँदा ५० जनाको मृत्यु भएको छ । फ्रान्समा २ सय ५० जनामा संक्रमण देखिदा ४३ जनाको मृत्यु भएको छ ।

शनिबार मात्रै भारतमा ६ हजार ६ सय २९ जनामा संक्रमण पुष्टि हुँदा १ सय ४२ जनाको मृत्यु भएको छ । नेपालमा पछिल्लो २४ घण्टामा ६८ जनामा संक्रमित थपिएका छन् ।

प्रकाशित: May 24, 2020| 07:20 आइतबार, जेठ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।