आइतबार, भदौ ७, २०८३

भारतको क्वारेन्टिनमा नेपालीको मृत्यु

भारतीय बजार नौतनवाको क्वारेन्टिनमा रहेका एक नेपालीको मृत्यु भएको छ ।
 |  आइतबार, जेठ ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ११, २०७७

भारतीय बजार नौतनवाको क्वारेन्टिनमा रहेका एक नेपालीको मृत्यु भएको छ ।

रोजगारीका लागि भारत गएका स्याङ्जाका हरिनाश गाउँपालिका –२ का ३४ वर्षीय देवबहादुर थापाको नौतनवास्थित राजीव गान्धी कलेजको क्वारेन्टिनमा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए।

यही जेठ ५ गतेदेखि क्वारेन्टिनमा रहेका थापालाई हर्नियाको समस्या रहेको तथा शरीरका विभिन्न भाग सुन्निएकाले शुक्रबार जिल्ला सदरमुकाम महाराजगञ्ज अस्पतालमा उपचारपछि पुनः क्वारेन्टिनमा ल्याइएको नेपाल भारत सीमा स्थित बेलहिया प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक ईश्वरी अधिकारीले बताए।

उनका अनुसार थापा अलिगढबाट आफ्ना भिनाजुसँगै पैदल हिँडेर स्वदेश फर्किनेक्रममा सीमासम्म आइपुगेका थिए। शव परीक्षणका लागि महाराजगञ्ज अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित: May 24, 2020| 06:42 आइतबार, जेठ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।