आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश ५ : बुटवलकाे विशेष अस्पतालबाट १० जना डिस्चार्ज

प्रदेश ५ : बुटवलकाे विशेष अस्पतालबाट १० जना डिस्चार्ज

बुटवलको धागो कारखानामा रहेको ५ नम्बर प्रदेशस्तरीय कोराना विशेष अस्पतालबाट शनिबार १० जना कोरोना भाइरस जितेर बिदा भएका छन्।
 |  शनिबार, जेठ १०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १०, २०७७

काठमाडौं- बुटवलको धागो कारखानामा रहेको ५ नम्बर प्रदेशस्तरीय कोराना विशेष अस्पतालबाट शनिबार १० जना कोरोना भाइरस जितेर बिदा भएका छन्।

मुख्यमन्त्री शंकर पोखरेलले स्वास्थ्यलाभ गर्ने सबैलाई बधाई दिएका छन्। उनले फेसबुकमा लेखेका छन्, 'बधाई स्वास्थ्यलाभ गर्नुहुने सबैलाई। अनि बधाई छ उपचारमा संलग्न चिकित्सक, स्वास्थकर्मी र व्यवस्थापक र अन्य सहयोगी सबैलाई।'

योसहित प्रदेश ५ मा कोरोना भाइरस संक्रमण भएर निको हुनेको संख्या ३२ पुगेको छ। यसअघि यसै अस्पतालबाट १ जना र बकेको खजुरामा अवस्थित प्रदेशस्तरीय कोरोना विशेष अस्पतालबाट २१ जना डिस्चार्ज भइसकेका छन्।

प्रकाशित: May 23, 2020| 21:05 शनिबार, जेठ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।