आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा सचिवालयमा एमएसीसीबारे छलफल, प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा सचिवालयमा एमएसीसीबारे छलफल, प्रधानमन्त्री ओली अनुपस्थित

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफल भए पनि कुनै निर्णय भने हुन सकेन।
 |  शनिबार, जेठ १०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १०, २०७७

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफल भए पनि कुनै निर्णय भने हुन सकेन।

दातृ निकायलाई आश्वस्त पार्न एमसीसी परियोजना अगाडि बढाउनुपर्ने भन्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले आग्रह गरेपछि आज सचिवालयमा छलफल भएको हो।

बैठकमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएनन्। छलफलमा सहभागी एक नेतका अनुसार बैठकमा अर्का अध्यक्ष प्रचण्डले एमसीसीबारे छलफलको प्रस्ताव राखेका थिए। तर, पार्टीमा पर्याप्त छलफल हुनुपर्ने भन्दै कुनै निर्णय भने भएन।

प्रचण्डले एमसीसीबारे स्थायी कमिटीको बैठकमा छलफल गरेर मात्रै अघि बढाउनुपर्ने धारणा राखेका थिए। 

बैठकअघि नेताहरुले एमसीसी नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग पनि छलफल गरेका थिए।

नेकपामा वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा बनेको एमसीसी कार्यदलले संशोधनसहित पारित गर्नुपर्ने सुझाव दिएको छ भने परराष्ट्र मन्त्री ज्ञवाली भने जस्ताको त्यस्तै पारित गराउने पक्षमा छन्।

एमसीसीमाथिको छलफल सकिएपछि नेकपाको सचिवालयमा बजेटलगायतको विषयमा छलफल पनि भएको छ।

प्रकाशित: May 23, 2020| 20:35 शनिबार, जेठ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।