आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नरैनापुरमा ११४ संक्रमित, नियन्त्रण गर्न गाह्रो भएको भन्दै प्रधानमन्त्रीलाई पत्राचार

नरैनापुरमा ११४ संक्रमित, नियन्त्रण गर्न गाह्रो भएको भन्दै प्रधानमन्त्रीलाई पत्राचार

बाँकेको केराना गाउँपालिकाले काेराेना भाइरस संक्रमण नियन्त्रण बाहिर जान लागेको भन्दै चिकित्सक र सुरक्षाकर्मी माग गर्दै सरकार गुहारेको छ।
 |  शनिबार, जेठ १०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १०, २०७७

काठमाडौं- बाँकेको नरैनापुर गाउँपालिकाले काेराेना भाइरस संक्रमण नियन्त्रण बाहिर जान लागेको भन्दै चिकित्सक र सुरक्षाकर्मी माग गर्दै सरकार गुहारेको छ। गाउँपालिकामा अहिलेसम्म ११४ जना कोरोना भाइरस संक्रमित भेटिएका छन्। तीमध्ये एकजनाकाे मृत्यु भएकाे छ। 

गाउँपालिकाका प्रशासकीय प्रमुख मणिराम खरालले शनिबार जिल्ला प्रशानसन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालयलगायत सम्बद्ध निकायमा पत्राचार गरी थप चिकित्सक टाेली र सुरक्षाकर्मी पठाइदिन आग्रह गरेका हुन्।

गाउँपालिकाले अहिलेसम्म भारतबाट आएका र क्वारेन्टिनमा राखिएकाको मात्र स्वाब संकलन भइरहेको जनाएको छ।

खरालका अनुसार प्रदेश ५ कै पिछडिएको उक्त क्षेत्रमा चेतनाको स्तर निकै कम छ। यस्तै गाउँमा कोरोना भाइरसबारे अन्धविश्वास कायमै रहेको पत्रमा उल्लेख छ।

गाउँपालिकाले अझै पनि भारतका महाराष्ट्र र दिल्लीबाट हजारौं मानिस आउने सम्भावना रहेको जनाएको छ। उनीहरु संक्रमित भएरै आउन सक्ने भएकाले गाउँपालिकाले स्थिति नियन्त्रणमा लिन कठिन हुने भन्दै सरकार गुहारेको हो।

गाउँपालिकाले संक्रमित र निजका परिवारलाई केही व्यक्तिहरुले उक्साउने र कोरोना भाइरसबारे भ्रम सिर्जना गरी सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई सहयोग गर्ने, मनोबल कमजोर पार्ने र संक्रमित भगाउने जस्ता क्रियाकलाप भइरहेको जनाएको छ।

पत्रमा लेखिएको छ, 'यस्तो अवस्थामा क्वारेन्टिनबाट समुदाय स्तरसम्म फैलने र स्थिति भयावह भई नियन्त्रणबाहिर जाने अवस्था देखिएकाले तत्काल उच्चस्तरीय चिकित्सक टोलीसहित थप सुरक्षाकर्मी परिचालन गरी नियन्त्रण कार्यलाई अगाडि बढाउने व्यवस्थाका लागि अनुरोध छ।'

प्रकाशित: May 23, 2020| 20:35 शनिबार, जेठ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।