वीरगन्जको नारायणी अस्पतालबाट ९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।
आज (शनिबार) एक भारतीयसहित रौतहटका तीन जना, पर्साका तीन जना र बाराका दुई जना डिस्चार्ज भएका हुन्।
उनीहरुलाई शनिबार साँझ डिस्चार्ज गरिएको उपचारमा संलग्न चिकित्सक डा. उदयनारायण सिंहले जानकारी दिए। डा. सिंहका अनुसार एक साताको अन्तरालमा गरिएको पिसिआर टेष्टमा नगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो।
हाल पर्सामा अस्थायी नारायणी कोभिड हस्पिटल गण्डक र नारायणी अस्पतालमा गरी ८७ जना कोरोना संक्रमित उपचाररत छन्।